१६ जेठ २०८३, शनिवार

चन्दननाथ बहुउद्देश्यीय सहकारीलाई कर्णाली प्रदेशकै उत्कृष्ट पुरस्कार

२०८२ साउन १, बिहिबार
चन्दननाथ बहुउद्देश्यीय सहकारीलाई कर्णाली प्रदेशकै उत्कृष्ट पुरस्कार

काठमाडौं : चन्दननाथ नगरपालिका-५, जुम्ला स्थित चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले कर्णाली प्रदेशकै उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ। नेपालको सहकारी अभियानको शिर्ष निकाय राष्ट्रिय सहकारी महासंघ नेपालले चन्दननाथ सहकारीलाई कर्णाली प्रदेशकै उत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको हो ।

१०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा आयोजित विशेष समारोहका बीच संस्थालाई पुरस्कृत गरिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले संस्थाका कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डेलाई सम्मान तथा पुरस्कार हस्तान्तरण गरेका थिए ।

चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले कर्णाली प्रदेशका ७ जिल्लामा बचत तथा ऋणको कारोबारसँगै रैथाने बालीको संकलन तथा बजारीकरणको काम गर्दै आएको छ । २८ हजार सदस्य रहेको चन्दननाथ सहकारीले जुम्ला, कालिकोटको नाग्मा, सुर्खेतको एर्पोट, काठमाडौंको आलोकनगरमा कोशेली घर समेत सञ्चालन गर्दै आएको छ। उक्त कोशेली घरबाट सदस्यहरुले उत्पादन गरेको रैथाने बालीको विक्रि गर्दै आएको छ । संस्थाले वार्षिक १० करोडभन्दा बढीको रैशाने बालीको विक्रि गर्दै आएको छ ।

पुरस्कारले सेयर सदस्यहरुप्रति थप जिम्मेवारी बोध गराएको कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डेले बताए । आगामी दिनमा अझै रचनात्मक काम गरेर अघि बढ्ने जिम्मेवारी सम्मानले दिएको उनको भनाई छ ।

अभिलेख

लोकप्रिय