३१ वैशाख २०८३, बिहिबार

विशाल साकोसको विस्तारिक बैठक सम्पन्न, वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित

२०८२ असार २२, आईतवार
विशाल साकोसको विस्तारिक बैठक सम्पन्न, वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित

कास्की : पोखरा-४, विशाल बजारमा रहेको विशाल बचत तथा ऋण सहकारी संस्थाले वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शनिबार १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित विस्तारिक बैठकबाट संस्थाको वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो ।

संस्थाका अध्यक्ष शिव शर्माको अध्यक्षतामा संचालन भएको विस्तारित बैठकमा कोषाध्यक्ष ईन्द्रराज अर्यालले स्वागत मन्तव्यबाट सहभागी सम्पूर्णलाई शब्दसुमनद्वारा स्वागत गरेका थिए ।

त्यसैगरी महिला उपसमितिका संयोजक ईउल कुमारी पुनले सहकारीका सात सिद्धान्त वाचन गरेकी थिईन । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुदिप ढकालले संस्थाको वित्तीय स्थिति विवरण, विभिन्न कोषहरुको बारेमा र हालै राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी मापदण्डका बारेमा समेत जानकारी गराएका थिए। उक्त बैठकमा संस्थाका प्रमुख व्यवस्थापक शिव प्रसाद भट्टराईले आ.व. २०८२/०८३ को लागि कूल १ अर्ब १० करोडको प्रस्तावित वासलात प्रस्तुत गरेका थिए । उक्त वासलात एवम् प्रस्तुत कार्यक्रमहरु माथि व्यापक छलफल गरी पारित गरिएको छ ।

कर्जा सूचना केन्द्र, कर्जा असुली न्याधिकरणको गठन प्रक्रिया लगायतका महत्वपूर्ण कार्यबाट सहकारी संस्था संचालनमा कानूनी जटिलताहरु क्रमशः न्यून हुँदै जाने संस्थाका कानूनी सल्लाहकार वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले गराएका थिए ।

संस्थाका वरिष्ठ सल्लाहकार गोविन्द प्रसाद ढकालले सहकारी संस्था दिगो रुपमा संचालन हुनको निमित्त सम्पत्तिको गुणस्तर असल हुनुपर्ने बताए । संस्थागत पूँजीकोष बलियो भएमा हाल देखापरेको चुनौतीहरुले सहकारीलाई कुनै पनि असर नपर्ने जानकारी गराउँदै त्यसका निमित्त सञ्चालक समिति, लेखासमिति र व्यवस्थापन त्यसतर्फ गम्भिर हुनुपर्ने धारण व्यक्त गरेका थिए।

विस्तारित बैठकमा संस्थाका निवर्तमान अध्यक्ष भूवन नेम्कुल, लेखा संयोजक रामकृष्ण दुवाडी लगायत विभिन्न उपसमितिका सदस्य र कर्मचारीको समेत सक्रिय सहभागिता थियो । विस्तारित बैठकको सहजिकरण संस्थाका सचिव प्रदिप कुमार मुल्मीले गरेका थिए ।

अभिलेख

लोकप्रिय