समस्याग्रस्त सहकारीबाट ३ अर्ब ७१ करोड बचत फिर्ता, थप दुई संस्थाको राफसाफ हुँदै

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चालु आर्थिक वर्ष २०८१/८२ को असार १५ गतेसम्म बचतकर्ताहरुलाई ३ अर्ब ७१ करोड ६६ लाख ५ हजार ६५४ रुपैयाँ फिर्ता तथा मिलान गरेको छ । समितिले चालु आर्थिक वर्षको असार १५ गतेसम्म मात्रै २ अर्ब ८८ कराेड ८४ हजार ७८० रुपैयाँ फिर्ता तथा मिलान गरेको छ । समितिले आज (आइतबार) पत्रकार सम्मेलन आयोजना गर्दै २२ सहकारीका ६१ हजार ९४ जनालाई बचत फिर्ता तथा हिसाब मिलान गरिएको जानकारी दिएको छ ।
समितिका अनुसार ३८ अर्ब ४२ करोड ९६ लाख ३२ हजार ७३० रुपैयाँ माग दाबी रहेको छ । जसमध्ये अझै ३४ अर्ब ७१ करोड ३० लाख २७ हजार ७६ रुपैयाँ फिर्ता गर्न बाँकी रहेको समितिका सदस्य सचिव केशव प्रसाद पौडेलले जानकारी दिए ।
व्यवस्थापनको ठोस तथा नतिजामुखी कार्ययोजना बनाई कार्यान्वयनको काम अघि बढाइएको समितिका अध्यक्ष श्रीमण कुमार गौतमले बताए । संचालक, व्यवस्थापकको नाममा रहेको चल÷अचल सम्पत्तिको खोजी गरी अचल सम्पत्तिको रोक्का गर्ने कार्य भएको र मूल्याङ्कन गरी लिलामीको प्रकृयालाई तिव्रता दिइएको समेत उनले बताए ।
‘समस्याग्रस्त घोषित संस्थाहरुका इच्छुक बचतकर्तालाई तेस्रो पक्षको सम्पत्तिबाट मिलान गरी व्यवस्थापन गर्ने कार्यको प्रारम्भ गरिएको छ’, अध्यक्ष गौतमले भने, ‘हालसम्म ३ वटा संस्थाको हिसाब राफसाफ भैसकेको छ । चालु आ.व. भित्र थप २ सहकारी संस्था राफसाफको हुने दिशातर्फ अगाडि बढेको ।’
पहिलो चरणमा मागदाबी गरेका बचत मागदाबीकर्ताको बचत फिर्तापछि मात्र दोस्रो चरणमा दाबी गरेका बचत मागदाबीकर्तालाई बचत फिर्ताको कार्यनीति रहेको उनले स्पष्ट पारे ।
अभिलेख
लोकप्रिय

आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबारRecent Posts

सञ्चालनमा आयो सहकारी कर्जा असुली न्यायाधिकरण, कर्जा उठाउन सहजता हुने
२५ असार २०८२, बुधबार

विशाल साकोसको विस्तारिक बैठक सम्पन्न, वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित
२२ असार २०८२, आईतवार