गलत नियत भएका व्यक्तिका कारण सहकारी क्षेत्रको बदनाम भयो: अध्यक्ष रिजाल
काठमाडौं : नेपाल पर्यटन केन्द्रीय सहकारी संघ र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘पर्यटन सहकारी संस्थाका जनशक्तिको क्षमता विकास सम्बन्धी गोष्ठी तथा तालिम’ आजबाट सुरु भएको छ । काठमाडौंको ठमेल स्थित होटल मनाङमा सुरु भएको तालिम असार २२ (भोली)सम्म सञ्चालन हुनेछ ।

संघका अध्यक्ष चन्द्र रिजालको अध्यक्षतामा भएको गोष्ठी तथा तालिमको उद्घाटन उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गरेका थिए ।
कार्यक्रममा अध्यक्ष रिजालले पर्यटन केन्द्रीय संघले धेरै काम गर्न नसकेको स्विकार गर्दै सुरुवात भएको बताए । गलत नियत भएका व्यक्तिका कारण सहकारी क्षेत्रको बदनाम भएको बताउँदै अध्यक्ष रिजालले सोही कारण सहकारी क्षेत्रनै गलन हुन् की भन्ने भाष्य निर्माण भएको बताए । उक्त भाष्यलाई चिर्दैै सिद्धान्त अनुसार काम गर्न सहकारीलाई आग्रह गरे ।
टोलटोलमा पर्यटन सहकारी पुर्याउन जरुरी रहेको अध्यक्ष रिजालले बताए । पर्यटन बोर्डले पनि सहकारीका मोडलमा काम गरेको रिजालले बताए ।

कार्यक्रममा नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभाग प्रमुख खगराज अधिकारी, नेकपा माओवादी केन्द्रका सहकारी विभाग प्रमुख लिलामणी पोखरेल, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबी बस्नेत, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे लगायतको उपस्थिती थियो । गोष्ठी तथा तालिममा देशभरका पर्यटन सहकारीका करिब १ सय ५० जना प्रतिनिधिको सहभागिता छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
काभ्रेमा सहकारीका लागि ऋण लगानी र असुली व्यवस्थापन तालिम, ८३ जनाको सहभागिता
१६ माघ २०८२, बिहीबार
६ बुँदे संकल्पसहित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सम्पन्न
१५ माघ २०८२, बुधबार
सहकारी पत्रकार समाजमा अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति
१३ माघ २०८२, सोमबार