१०३औं अन्तर्राष्ट्रिय सहकारी दिवस: सुशासनको एजेण्डा पहिलो प्राथमिकता
काठमाडौं : सरकार र सहकारी अभियानले संयुक्त रुपमा १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने भएका छन् । हरेक वर्ष जुलाईको पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ ।
यस वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवस सन् २०२५ को नारा ‘सहकारीहरूः एक राम्रो विश्वको निर्माणका लागि समावेशी र दिगो समाधानका संवाहक’ (Cooperatives: Driving Inclusive and Sustainable Solutions for a Better World) भन्ने रहेको छ । ।
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले दिवसको मूल उद्देश्य समावेशी विकास र दिगो समाधानका लागि सहकारीको महत्वपूर्ण योगदानलाई उजागर गर्नु रहेको बताइन् । त्यसैगरी उनले नेपालको सन्दर्भमा यो दिवस महिला उद्यमशीलता, युवा सहभागिता र सहकारी सुशासनका एजेण्डालाई प्राथमिकताका साथ उठान गर्ने जानकारी दिइन् ।
यो थिमले सहकारीको लोकतान्त्रिक स्वभाव, सदस्यता आधारित संरचना, समुदाय केन्द्रीत दृष्टिकोणलाई प्रतिनिधित्व गर्ने उनको भनाई छ । सहकारी दिवस २०२५ ले नाफामूखी व्यवसायका विकल्पको रुपमा सदस्य केन्द्रीत सहकारी आन्दोलनलाई विश्वव्यापी रुपमा स्थापित गर्ने अभिप्राय लिएको छ ।
नेपालमा पनि यो दिवस सहकार्य, समावेशीकरण, सुशासन र दिगोपनका आदर्शहरुलाई जीवन्त बनाउने अवसर रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सहकारी समाधान हुन्, चुनौति होइनन् । अबको परिवर्तन सहकारीबाट सुरु हुन्छ भन्ने सन्देश समेत यो दिवसले दिने विश्वास लिइएको छ ।
दिवसका अवसरमा शनिबार होटल हिमालय कुपण्डोलमा हुने कार्यक्रममा सहकारी मन्त्रालय, युएनिडिपी र आइएलोका साथै सहकारी संघसंस्थाका प्रतिनिधिहिरुको समेत सहभागिता रहनेछ । कार्यक्रममा अन्तर्राष्ट्रिय थिममा आधारित भएर सहकारी विभागका रजिष्ट्रार उमेश ढुङ्गानाले कार्यपत्र प्रस्तुत गर्नेछन् भने हेफर इन्टरनेशनल नेपाल र महासंघको संयुक्त अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने समेत कार्यक्रम रहेको छ । सो अवसरमा उद्यमशील महिलाहरुको वास्तविक कथा प्रस्तुति र महिला सहकारी संस्थाहरुले उत्पादन गरेका वस्तुहरुको प्रदर्शनी समेत गरिने भएको छ ।
त्यसैगरी सहकारी क्षेत्रमा उत्कृष्ट योगदान र्पुयाउने संघसंस्थाहरू, कर्मचारी, पत्रकार र विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिने जनाइएको छ ।
दिवसले सहकारीहरूको विश्वव्यापी योगदानलाइ उजारगर गर्दै मानवीय मुल्यमा अधारित सहकारी विकासलाइ जोड दिएको छ । कार्यक्रमका प्रमुख अतिथि सहकारी मन्त्रि बलराम अधिकारी रहेका छन् । यो वर्ष संयुक्त राष्ट्रसंघको सभाले ‘संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५’ समेत घोषणा गरेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार