मापदण्डले सहकारीमा जोखिम बढाएको छ: लाखाजू
काठमाडौं : भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको शिक्षा तथा सस्ंथागत उपसमितिको आयोजनामा र नेफ्स्कूनको साझेदारीमा एक दिने सहकारीमा जोखिम व्यवस्थापन तालिम आइतबार सम्पन्न भएको छ। तालिममा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूले सहकारीमा जोखिम धेरै भएकोले जोखिमलाई न्यूनीकरण गरेर कार्य गर्नुपर्ने बताए । उनले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको लागि जारी गरेको मापदण्ड सहकारीमा जोखिम घटाउन ल्याएको तर हाल तत्काल कार्यान्वयन गर्नुपर्दा उल्टो जोखिम बढाएको बताए।
उनले हालको मापदण्ड अनुसार संस्थाले सदस्यको बचत संकलनको सिमाले बचत फिर्ताको चाप बढ्ने र लामो समयका लागि लगानी गरेको ऋणको सावाँ व्याज असुल उपर नहुँदा संस्थामा तरलता जोखिम बढाउने बताए । सहकारीमा संचालक, लेखासमिति, कर्मचारी र सदस्यहरुबाट समेत जोखिम हुने भएकोले ती जोखिमलाई न्यूनिकरण गर्न संस्था सहकारीको सिद्धान्त अनुसार नीति, विधि र प्रविधिमा आधारित भएर संचालन गर्नुपर्ने अध्यक्ष लाखाजूले बताए ।
संघका सचिव जगनाथ प्रजापतिले जोखिम हरेक क्षेत्रमा हुने कुरा राख्दैं जोखिम बहन गर्न सक्ने जोखिम मात्र लिनुपर्ने बताए। सहकारीमा जोखिमलाई पहिचान गरी जोखिम न्युनिकरणका उपायहरु अबलम्बन गर्न सकोस् भनी तालिमको आयोजना गरेको बताए।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी संचलानमा आन्तरिक र बाह्य जोखिम हुने भएकोले आन्तरिक जोखिमलाई संस्थाका संचालक र व्यवस्थापनले जोखिम न्युनिकरणका लागि भुमिका खेल्नुपर्ने बताए। उनले सहकारीमा चुनौतीपूर्ण ऐन नियम र मापदण्डले संस्था संचालनमा बाह्य जोखिमको बढाएको जिकिर गरेका थिए।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका तालिम अधिकृत उमेश कोईरालाले जोखिमको परिचय, जोखिमको प्रकार, सहकारीमा जोखिमबाट बच्ने उपाय विषयहरुमा प्रयोगात्मक ढंगबाट सहजिकरण गरेका थिए।
कार्यक्रममा शिक्षा तथा सस्ंथागत उपसमितिका सदस्य चन्दिका छुंकाले तालिमबाट सिकेका कुराहरु संस्थामा कार्यान्वयन गर्नुहुन अनुरोध गर्दै समापन कार्यक्रम सञ्चालन गरेकी थिईन । तालिममा सहभागीहरुमध्येबाट चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक सुद्र्धशन चौलागाईले सहकारी संचालनका जोखिम न्यूनिरणका लागि महत्वपूर्ण र प्रभावकारी तालिमको आयोजना गरिएकोमा खुशी व्यक्त गरे । सो तालिममा संघमा आवद्ध सदस्य संस्थाहरुबाट १९ जनाको उपस्थिति रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको राजीनामा
२९ फाल्गुन २०८२, शुक्रबार
चैत ५ देखि विकू बचतको प्रविधि साक्षरता तथा सदस्य सर्वेक्षण, ८१ प्रशिक्षार्थीलाई अभिमुखीकरण
२८ फाल्गुन २०८२, बिहीबार
बागमती प्रोस्कूनको आयोजनामा कोशिस चौथो समूहको ‘वी क्यान वर्कशप’ सम्पन्न
२८ फाल्गुन २०८२, बिहीबार