किसान साकोसको ३१ वर्षे यात्रा : सुरक्षित, भरपर्दो र समावेशी संस्था बनाउने प्रतिबद्धता

काठमाडौं : गैंडाकोट-८, मा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्था ३१औं वर्ष प्रवेश गरेको छ । वि.सं. २०५२ साल असार १५ गते २५ जना सदस्यहरुबाट स-सानो पुँजी संकलन गरी सुरु भएको किसान साकोसमा २५ वटा विभिन्न संस्था एकीकरण गरी ८४ हजार सदस्य र १० हजार बाल बचतकर्ता गरी ९४ हजार व्यक्तिको साझा थलोको रुपमा सेवा प्रवाह गर्न सफल भएको छ ।
सदस्यहरुबीच ४० करोड बढीको सेयर स्वामित्व स्थापित गर्दै ३०० करोड भन्दा बढी बचत संकलन, २५६ करोड भन्दा बढी ऋण परिचालन, २३ करोड भन्दा बढी संस्थागत पुँजी र झण्डै २० करोड बढी अन्य पुँजी कोष सिर्जना गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्जय राज तिमिल्सीनाले जानकारी दिए ।
संस्थामा १९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिका अतिरिक्त विभिन्न ३४ वटा उपसमितिहरु मार्फत २५० जना भन्दा बढीको निरन्तर नेतृत्व विकास र १८५ जना कर्मचारीहरुलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको उनको भनाई छ । जिल्ला, प्रदेश र राष्ट्रियस्तरमा विभिन्न विधामा उत्कृष्टताको सम्मान प्राप्त गर्न सफल यस संस्थाले नेपालमा मात्र नभई पाँच पटक एसिया प्रशान्त क्षेत्रको गुणस्तर प्रमाणीकरणमा एक्सेस ब्राण्ड प्राप्त गर्न सफल भई अन्तर्राष्ट्रिय जगतमा समेत अलग्गै पहिचान स्थापित गरेको छ ।
नेपालको संविधान २०७२ ले सहकारी क्षेत्रलाई समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा सार्वजनिक र निजी सरहको भूमिका प्रदान गरेको सहकारी क्षेत्रप्रति अहिले विश्वासको संकट बढ्दै गइरहेको र अर्थतन्त्र सुस्त बनिरहेको अवस्थामा समेत किसान साकोसप्रति ९४ हजार सदस्यहरुबीच अटुट विश्वास र वित्तीय सक्षमता कायम रहनु गर्वको कुरा हो । संस्थाले सञ्चालन गर्ने कार्यक्रम र प्रवाह गर्ने सेवाहरुमा पारदर्शिता, जवाफदेहिता र सदस्य केन्द्रित भावनामा हामीले देखाएको प्रतिबद्धताको सार्थक परिणामको उदाहरण रहेको जनाएको छ ।
‘हामीले आफ्नो स्थापनाकालदेखि नै सहकारीका सिद्धान्तहरुलाई मार्गदर्शन बनाएर श्रमिक, साना व्यावसायी, न्यून आय भएका र सिमान्तकृत वर्गलाई वित्तीय सेवाको मुलप्रवाहमा सहभागी गराउन वित्तीय साक्षरता र वित्तीय परामर्शका माध्यमबाट वित्तीय समावेशीकरणमा जोड्ने कार्यलाई सदैव प्राथमिकतामा राखेका छौं । वित्तीय सुरक्षा, समावेशीकरण र जोखिम न्यूनीकरणका लागि सानो–सानो बचत र ऋणलाई लक्षित गर्दै हामीले सदस्यहरुलाई सर्वशुलभ, सुरक्षित, भरपर्दो र गुणस्तरीय वित्तीय एवम् गैरवित्तीय सेवा प्रवाह गर्दै आइरहेका छौं’, संस्थाका अध्यक्ष भोजराज पौडेलले भने ।
३०औं स्थापना दिवसको अवसरमा सदस्यहरुको उत्पादनको पहुँच उपभोक्तासम्म पुर्याउन व्यवसाय विकास सुविधा (बीडीएफ) सञ्चालन गर्ने जमर्को गरेको अध्यक्ष पौडेलले बताए । संस्थाले हाल सदस्य सुविधाका लागि प्रदान गरेका मोबाईल बैंकिंग, एटिएम, स्वदेश तथा विदेशबाट रकमान्तर र आफ्नो खातामा सोझै जम्मा गर्ने सुविधा, बील भुक्तानी सुविधा, संस्थाको प्रविधि मार्फत हुने कारोबारमा छुट र सहुलियतहरु लगायतका नविनतम वित्त प्रविधिको आन्तरिकीकरण गरेको उनको भनाई छ । सदस्य सेवाको लागि विभिन्न व्यावसायिक प्रतिष्ठान र अस्पतालहरुसँगको सहकार्यमा छुट सुविधाहरु प्रदान गर्नुका साथै सदस्य राहतका विभिन्न कार्यक्रमहरु निरन्तर सञ्चालन गरेको अध्यक्ष पौडेलले बताए।
स्थापना दिवसको अवसरमा संस्थाले भनेको छ, ‘केही संस्थामा देखिएको समस्याको कारण सबै सहकारी संस्थाहरुलाई एउटै दृष्टिकोणबाट मूल्याङ्कन गर्नु न्यायोचित हुँदैन । सिद्धान्त अनुरुप सञ्चालित सहकारीहरुको पहिचान, संरक्षण र प्रवद्र्धनमा राज्यको गम्भीर भूमिका आवश्यक रहेको विषय सरकारसँग आग्रह गर्दछौं । साथै यसै अवसरमा हामी सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक र पर्यावरणीय स्तरको अभिवृद्धि गर्दै, दिगो विकासका लक्ष्यहरुको प्राप्तीमा सरकारका साथै राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सरोकारवाला पक्षहरुसँग सहकार्यको संकल्प गर्दछौं ।’
संस्थाले सम्पूर्ण सरोकारवालाहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै किसान साकोसलाई सदस्यहरुको समृद्धिको लागि सुरक्षित, भरपर्दो र समावेशी संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
अभिलेख
लोकप्रिय

आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबारRecent Posts


विशाल साकोसको विस्तारिक बैठक सम्पन्न, वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित
२२ असार २०८२, आईतवार
समस्याग्रस्त सहकारीबाट ३ अर्ब ७१ करोड बचत फिर्ता, थप दुई संस्थाको राफसाफ हुँदै
२२ असार २०८२, आईतवार