पोखराको नीति तथा कार्यक्रममा सहकारी: ‘एक सहकारी एक उत्पादन कार्यक्रम’ सञ्चालन गरिने

पोखरा : पोखरा महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगर प्रमुख धनराज आचार्यले उक्त नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेका थिए।
महानगरले राष्ट्रिय सहकारी नियमन प्राधिकरणसँग समन्वय गरी महानगरपालिका भित्र सञ्चालित सहकारी संस्थाहरूमा देखिएका समस्या समाधान गरिने जनाएको छ । त्यस्तै समस्याग्रस्त सहकारीको लागि व्यवस्थापन समिति गठन गरी परिचालन गरिने नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
महानगरले सहकारी तथ्याङ्क व्यवस्थापनलाई प्रभावकारी बनाउन विद्युतीय सूचना प्रणालीको मापदण्ड कायम गर्दै सहकारी तथा गरिबी निवारण सम्बन्धी व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नति गरिने जनाएको छ ।
सहकारी क्षेत्रको लगानीलाई उत्पादनशील क्षेत्रतर्फ आकर्षित गर्न एक सहकारी एक उत्पादन कार्यक्रम सञ्चालन गरिने महानगरले जनाएको छ । सहकारीको सूचकमा आधारित अनुगमन तथा नियमन गरिने समेत कार्यक्रममा उल्लेखख छ ।
सहकारीको क्षमता अभिवृद्धि गरी विकास साझेदारको रूपमा विकास गरिने, सहकारी संस्थाहरूको प्रवद्र्धन र नियमनमा प्रभावकारिता ल्याउन एकीकृत विद्युतीय व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) व्यवस्थित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
अभिलेख
लोकप्रिय

आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबारRecent Posts


विशाल साकोसको विस्तारिक बैठक सम्पन्न, वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित
२२ असार २०८२, आईतवार
समस्याग्रस्त सहकारीबाट ३ अर्ब ७१ करोड बचत फिर्ता, थप दुई संस्थाको राफसाफ हुँदै
२२ असार २०८२, आईतवार