पोखराको नीति तथा कार्यक्रममा सहकारी: ‘एक सहकारी एक उत्पादन कार्यक्रम’ सञ्चालन गरिने
पोखरा : पोखरा महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगर प्रमुख धनराज आचार्यले उक्त नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेका थिए।
महानगरले राष्ट्रिय सहकारी नियमन प्राधिकरणसँग समन्वय गरी महानगरपालिका भित्र सञ्चालित सहकारी संस्थाहरूमा देखिएका समस्या समाधान गरिने जनाएको छ । त्यस्तै समस्याग्रस्त सहकारीको लागि व्यवस्थापन समिति गठन गरी परिचालन गरिने नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
महानगरले सहकारी तथ्याङ्क व्यवस्थापनलाई प्रभावकारी बनाउन विद्युतीय सूचना प्रणालीको मापदण्ड कायम गर्दै सहकारी तथा गरिबी निवारण सम्बन्धी व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नति गरिने जनाएको छ ।
सहकारी क्षेत्रको लगानीलाई उत्पादनशील क्षेत्रतर्फ आकर्षित गर्न एक सहकारी एक उत्पादन कार्यक्रम सञ्चालन गरिने महानगरले जनाएको छ । सहकारीको सूचकमा आधारित अनुगमन तथा नियमन गरिने समेत कार्यक्रममा उल्लेखख छ ।
सहकारीको क्षमता अभिवृद्धि गरी विकास साझेदारको रूपमा विकास गरिने, सहकारी संस्थाहरूको प्रवद्र्धन र नियमनमा प्रभावकारिता ल्याउन एकीकृत विद्युतीय व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) व्यवस्थित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार