एकता सहकारीका सदस्यलाई ‘सहकारी शिक्षा’ प्रदान
बागलुङ : जिल्लाकै अग्रणी सहकारी संस्था एकता सहकारीले शेयर सदस्यहरुलाई सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। शनिवार बागलुङ नगरपालिका वडा २ का शेयर सदस्यहरुलाई सहकारी र सहकारीमा सदस्यको भूमिका बारे जानकारी गराईएको संस्था प्रबन्धक दिपकजंग राजभण्डारीले जानकारी दिए।
संस्थाका उपाध्यक्ष युवराज राजभण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहकारी र सहकारीमा सदस्यको भूमिका बारे ईश्वरठाकुर पौडेल र शान्ति ज्ञवालीले तथ संस्थाको गतिविधिका बारेमा प्रबन्धक दिपकजंग राजभण्डारीले जानकारी गराएका थिए।
२०५६ सालमा स्थापना भएको यस संस्थाको हाल १ हजार ८ सय ८१ जना शेयर सदस्य रहेको बागलुङ नगरपालिका केन्द्रीय कार्यालय, गल्कोट नगरपालिका र काठेखोला गाउँपालिकामा सेवा केन्द्रमार्फत आफना सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । सस्थाको हाल ९ करोड २५ लाख शेयर पूँजी, विभिन्न कोषमा ४ करोड रहेको र सदस्यहरुलाई २९ करोड लगानी गरेको प्रबन्धक राजभण्डारीले जानकारी दिए।
कार्यक्रम संस्थाका सहसचिव एवं शिक्षा उपसमितिका संयोजक सुनिता पुरीको अध्यक्षता, उपसमिति सदस्य शान्ति ज्ञवालीले स्वागत र उपसमितिका सदस्य ईश्वरठाकुर पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बिन्धवासिनी साकोसको ३३औँ साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन
२१ आश्विन २०८३, बुधबार
आईडियल साकोसको २७औँ साधारण सभा सुरु, असोज २६ गते निर्णय प्रमाणीकरण सभा
२१ आश्विन २०८३, बुधबार
सहायक खजाञ्चीदेखि सीईओसम्म : मदन बस्नेतको २५ वर्षे सहकारी यात्रा
२१ आश्विन २०८३, बुधबार