पूर्वीद्वार साकोसको वार्षिक उत्सवमा टिकटक प्रतियोगिता, शिव सुवेदी प्रथम

झापा : पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाले १९ औं वार्षिक उत्सवको अवसरमा खुला टिकटक प्रतियोगिता सम्पन्न गरेको छ ।
‘आजको बचत नै भविष्यको सुरक्षा हो’ भन्ने थिममा रहेर खुला टिकटक वक्तित्वकला प्रतियोगिता शनिबार सम्पन्न गरेको छ ।
उक्त प्रतियोगिताको निर्णायक मण्डलमा शारदा शर्मा घिमिरे, मोहन काजी न्यौपाने र ज्ञानेन्द्र निरौला रहेका थिए । निर्णायक मण्डलले प्राप्त गरेको भिडियोहरू मध्येबाट भ्यूज, सेयर र लाइकको आधारमा ५० अङ्क र प्रतियोगीको प्रस्तुतिको आधारमा ५० अङ्क गरी कुल १०० प्राप्ताङ्कको आधारमा मूल्याङ्कन गरी नतिजा घोषणा गरेका थिए ।
प्रतियोगितामा मेचीनगर-१० का शिव सुवेदी प्रथम, मेचीनगर-१४ की अनुजा रायमाझी द्वितीय र मेचीनगर-१४ की नम्रता खड्काले तृतीय स्थान हासिल गरेकी छिन् । विजेताहरुलाई क्रमश जनही पाँच हजार, तीन हजार र दुई हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष बिपि भट्टराईले सहकारीका बारेमा धेरैभन्दा धेरै व्यक्तिहरुबीच पुर्याउन प्रतियोगिता सहयोग गरेको बताए । सहकारीहरुले प्रविधि र सामाजिक सञ्जालको प्रयोगमार्फत सकारात्मक गतिविधिहरु प्रचार गर्नुपर्ने बताए ।
‘आजको बचत नै भविष्यको सुरक्षा हो’ भन्ने मुल थिमका साथ २०६३ असार ७ गते संस्थाको स्थापना भएको थियो ।
संस्थाले स्थापना दिवसको अवसरमा सम्पूर्ण सेयर सदस्यज्यूहरू, शुभेच्छुक महानुभावहरू, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिहरू, कर्मचारी लगायत सबैमा हार्दिक शुभकामना व्यक्त गरेको छ ।
अभिलेख
लोकप्रिय

आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबारRecent Posts


विशाल साकोसको विस्तारिक बैठक सम्पन्न, वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित
२२ असार २०८२, आईतवार
समस्याग्रस्त सहकारीबाट ३ अर्ब ७१ करोड बचत फिर्ता, थप दुई संस्थाको राफसाफ हुँदै
२२ असार २०८२, आईतवार