पूर्वीद्वार साकोसको वार्षिक उत्सवमा टिकटक प्रतियोगिता, शिव सुवेदी प्रथम
झापा : पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाले १९ औं वार्षिक उत्सवको अवसरमा खुला टिकटक प्रतियोगिता सम्पन्न गरेको छ ।
‘आजको बचत नै भविष्यको सुरक्षा हो’ भन्ने थिममा रहेर खुला टिकटक वक्तित्वकला प्रतियोगिता शनिबार सम्पन्न गरेको छ ।
उक्त प्रतियोगिताको निर्णायक मण्डलमा शारदा शर्मा घिमिरे, मोहन काजी न्यौपाने र ज्ञानेन्द्र निरौला रहेका थिए । निर्णायक मण्डलले प्राप्त गरेको भिडियोहरू मध्येबाट भ्यूज, सेयर र लाइकको आधारमा ५० अङ्क र प्रतियोगीको प्रस्तुतिको आधारमा ५० अङ्क गरी कुल १०० प्राप्ताङ्कको आधारमा मूल्याङ्कन गरी नतिजा घोषणा गरेका थिए ।

प्रतियोगितामा मेचीनगर-१० का शिव सुवेदी प्रथम, मेचीनगर-१४ की अनुजा रायमाझी द्वितीय र मेचीनगर-१४ की नम्रता खड्काले तृतीय स्थान हासिल गरेकी छिन् । विजेताहरुलाई क्रमश जनही पाँच हजार, तीन हजार र दुई हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष बिपि भट्टराईले सहकारीका बारेमा धेरैभन्दा धेरै व्यक्तिहरुबीच पुर्याउन प्रतियोगिता सहयोग गरेको बताए । सहकारीहरुले प्रविधि र सामाजिक सञ्जालको प्रयोगमार्फत सकारात्मक गतिविधिहरु प्रचार गर्नुपर्ने बताए ।
‘आजको बचत नै भविष्यको सुरक्षा हो’ भन्ने मुल थिमका साथ २०६३ असार ७ गते संस्थाको स्थापना भएको थियो ।
संस्थाले स्थापना दिवसको अवसरमा सम्पूर्ण सेयर सदस्यज्यूहरू, शुभेच्छुक महानुभावहरू, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिहरू, कर्मचारी लगायत सबैमा हार्दिक शुभकामना व्यक्त गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार