बागमती प्रदेशको बजेटमा सहकारी: विकास बोर्ड खारेजदेखि उत्कृष्ट सहकारीलाई पुरस्कारसम्म

काठमाडौं : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले चालुतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार रुपैयाँ अर्थात् ३८ दशमलव ६ प्रतिशत र पुँजीगततर्फ ४२ अर्ब ४३ करोड २६ लाख ३६ हजार रुपैयाँ अर्थात् ६१ दशमलव ४ प्रतिशत बजेट विनियोजन गरेका हुन् ।
जसमध्ये सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागि २५ करोड ७८ लाख विनियोजन गरेका छन् । प्रदेश सहकारी विकास बोर्ड खारेज गरिने उल्लेख छ।
बजेटमा वित्तीय तथा व्यवस्थापकीय जोखिममा रहेका सहकारी संस्थाहरूको तथ्याङ्क संकलन, अध्ययन, विश्लेषण र वर्गीकरण गरिने बजेटमा उल्लेख छ । सहकारी संस्थामा रहेको बचतको सुरक्षा र लगानीकर्ताको लगानी संरक्षणको लागि जोखिममा आधारित अनुगमन तथा नियमन गरिने बजेटमा उल्लेख छ ।
त्यस्तै उत्पादनमूलक सहकारी संस्थाहरूलाई प्रविधि तथा सीप हस्तान्तरणमार्फत प्रोत्साहन गरिने मन्त्री काफ्लेले बताए । प्रदेश अन्तर्गतका सहकारीहरू मध्ये उत्कृष्ट कार्य गर्ने सहकारीलाई पुरस्कृत गर्ने व्यवस्था मिलाएको उनले बताए ।
सहकारी र कम्पनीहरुसँगको लागत साझेदारीमा ४ वटा स्मार्ट कृषि फार्म स्थापनाका लागि ६ करोड विनियोजन गरिएको छ ।
अभिलेख
लोकप्रिय

आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबारRecent Posts


विशाल साकोसको विस्तारिक बैठक सम्पन्न, वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित
२२ असार २०८२, आईतवार
समस्याग्रस्त सहकारीबाट ३ अर्ब ७१ करोड बचत फिर्ता, थप दुई संस्थाको राफसाफ हुँदै
२२ असार २०८२, आईतवार