सहकारी पत्रकारितामा उर्जा थप्दै सीजेएन
काठमाडौं : नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र राष्ट्रिय सहकारी बैंकको सहकार्यमा दुई दिने सहकारी पत्रकारिता तालिम सम्पन्न भएको छ । उक्त तालिम कार्यक्रम जेठ ३० र ३१ गते भक्तपुरको नगरकोटमा सम्पन्न भएको हो ।
सीजेएनका अध्यक्ष काजी श्रेष्ठको संयोजकत्वमा भएको ‘बियोन्ड द बाइलाईन’ प्रशिक्षण कार्यक्रममा सहकारी पत्रकारिताका अवस्था, चुनौती र अवसरका साथै मल्टिमिडिया एण्ड आर्टिफिसियल ईन्टेलिजेन्सका विषयमा प्रशिक्षकहरुले प्रशिक्षण गरिएको थियो ।

गत शुक्रबार सुरु भएको प्रशिक्षण कार्यक्रममा पहिलो सेसन अन्तर्गत सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) बद्री प्रसाद गुराँगाई र दोस्रो सेसन अन्तर्गत नेपाल प्रेसका प्रधान सम्पादन मात्रिका पौडेलले प्रशिक्षण गरेका थिए ।
सिईओ गुराँगाईले सहकारीको वित्तीय अवस्थाका विषयमा प्रशिक्षण गरेका थिए । उनले सहकारीमा पुँजीकोषको अवस्था र यसले संस्थाहरुको दिगोपनका लागि पार्ने प्रभाव विषयमा प्रकाश पारेका थिए ।
साथै उनले पछिल्लो समय सहकारी बैंकको वित्तीय अवस्था सुधारोन्मुख समेत रहेको बताए । सहकारी संकटले बढ्दै गएको खराब कर्जा सुधारका लागि नीतिगत रुपमा काम गर्दै आएको सिईओ गुराँगाइले बताए । उनले भने, ‘हामीले विभिन्न रणनीतिहरु अपनाइएर खराब कर्जा घटाउँदै गएका छौं । सहकारी बैंकको वित्तीय अवस्थामा अब पोजेटिभ बन्दै गएको छ ।’
यस्तै, नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेलले सहकारी पत्रकारिताको अवस्था, चुनौती र अवसरका विषयमा प्रशिक्षण दिँदै आफ्ना अनुभवहरु सुनाएका थिए ।
यस्तै, शनिबार वरिष्ठ पत्रकार रजनिश भण्डारीले मल्टी मिडिया एण्ड आर्टिफिसेयल इन्टेलिजनेन्सका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा २६ जना बढी सहकारी क्षेत्रमा कलम चलाउने पत्रकारहरुको सहभागिता रहेको थियो । उक्त तालिम कार्यक्रम उपलब्धीमुलक रहेको पत्रकारहरुको भनाई थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
कोअपरेटिभ म्यानेजर्स क्लव, स्याङ्जाको अध्यक्षमा शिव वाग्ले
३० बैशाख २०८३, बुधबार
सहकारी मन्त्रालयका सचिव भुजेललाई प्राधिकरण अध्यक्षको जिम्मेवारी
३० बैशाख २०८३, बुधबार
सहकारी पत्रकारितामा दक्षता बढाउन बागमती प्रदेशका ४० पत्रकार एकै ठाउँमा
२८ बैशाख २०८३, सोमबार