२३ असार २०८२, सोमबार

सहकारी पत्रकारितामा उर्जा थप्दै सीजेएन

२०८२ असार १, आईतवार
सहकारी पत्रकारितामा उर्जा थप्दै सीजेएन

काठमाडौं : नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र राष्ट्रिय सहकारी बैंकको सहकार्यमा दुई दिने सहकारी पत्रकारिता तालिम सम्पन्न भएको छ । उक्त तालिम कार्यक्रम जेठ ३० र ३१ गते भक्तपुरको नगरकोटमा सम्पन्न भएको हो ।

सीजेएनका अध्यक्ष काजी श्रेष्ठको संयोजकत्वमा भएको ‘बियोन्ड द बाइलाईन’ प्रशिक्षण कार्यक्रममा सहकारी पत्रकारिताका अवस्था, चुनौती र अवसरका साथै मल्टिमिडिया एण्ड आर्टिफिसियल ईन्टेलिजेन्सका विषयमा प्रशिक्षकहरुले प्रशिक्षण गरिएको थियो ।

गत शुक्रबार सुरु भएको प्रशिक्षण कार्यक्रममा पहिलो सेसन अन्तर्गत सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) बद्री प्रसाद गुराँगाई र दोस्रो सेसन अन्तर्गत नेपाल प्रेसका प्रधान सम्पादन मात्रिका पौडेलले प्रशिक्षण गरेका थिए ।

सिईओ गुराँगाईले सहकारीको वित्तीय अवस्थाका विषयमा प्रशिक्षण गरेका थिए । उनले सहकारीमा पुँजीकोषको अवस्था र यसले संस्थाहरुको दिगोपनका लागि पार्ने प्रभाव विषयमा प्रकाश पारेका थिए ।

साथै उनले पछिल्लो समय सहकारी बैंकको वित्तीय अवस्था सुधारोन्मुख समेत रहेको बताए । सहकारी संकटले बढ्दै गएको खराब कर्जा सुधारका लागि नीतिगत रुपमा काम गर्दै आएको सिईओ गुराँगाइले बताए । उनले भने, ‘हामीले विभिन्न रणनीतिहरु अपनाइएर खराब कर्जा घटाउँदै गएका छौं । सहकारी बैंकको वित्तीय अवस्थामा अब पोजेटिभ बन्दै गएको छ ।’

यस्तै, नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेलले सहकारी पत्रकारिताको अवस्था, चुनौती र अवसरका विषयमा प्रशिक्षण दिँदै आफ्ना अनुभवहरु सुनाएका थिए ।

यस्तै, शनिबार वरिष्ठ पत्रकार रजनिश भण्डारीले मल्टी मिडिया एण्ड आर्टिफिसेयल इन्टेलिजनेन्सका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा २६ जना बढी सहकारी क्षेत्रमा कलम चलाउने पत्रकारहरुको सहभागिता रहेको थियो । उक्त तालिम कार्यक्रम उपलब्धीमुलक रहेको पत्रकारहरुको भनाई थियो ।

अभिलेख

लोकप्रिय