सहकारी नियामकीय मापदण्ड-२०८२ संशोधनका लागि पहल गर्न महासंघद्वारा कार्यदल गठन

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले हालै जारी गरेको ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको संचालन सम्बन्धी नियामकीय मापदण्ड, २०८२’ का केही प्रावधानहरू संशोधन गर्न आवश्यक देखिएको भन्दै राष्ट्रिय सहकारी महासंघले बहस, समन्वय र पैरवीका लागि एक उच्चस्तरीय कार्यदल गठन गरेको छ ।
महासंघकी अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा महासंघको कार्यालयमा बसेको बैठकले मापदण्ड २०८२ मा देखिएका व्यावहारिक समस्याहरूको समुचित समाधान खोज्ने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय गरेको हो । अध्यक्ष मल्लले सहकारी अभियानमा सबै सरोकारवालाहरू एकमत भई अनुशासित, मर्यादित र समन्वित रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै सहकार्य र संवादमार्फत समाधान खोज्न सबैलाई आग्रह गरिन् । राष्ट्रिय सहकारी महासंघले आगामी दिनहरूमा सहकारी क्षेत्रको स्वायत्तता, मजबूती र दिगोपनाका पक्षमा निरन्तर आवाज उठाउँदै जाने अध्यक्ष मल्लले प्रतिबद्धता व्यक्त गरिन् ।
छलफलको निर्णयअनुसार कार्यदलको संयोजकत्व महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेल रहेका छन् । ११ सदस्यीय कार्यदलमा महासंघका उपाध्यक्ष डिबी बस्नेत, सञ्चालक परितोष पौडेल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून) का अध्यक्ष उद्धव सापकोटा रहेका छन् ।
त्यसैगरी, कार्यदलमा ललितपुर, काठमाडौं, भक्तपुर, काभ्रेपलाञ्चोक र मकवानपुर जिल्लाका बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्षहरू क्रमशः रामहरि बजगाई, दीपक पनेरु, कृष्णगोविन्द लाखाजु, उदयराम कायस्थ र कल्पना श्रेष्ठ छन्। महासंघका महाप्रबन्धक सुरेश थापा कार्यदलको सदस्य सचिवको भूमिकामा रहनेछन् ।
कार्यक्रममा महासंघका सल्लाहकार तथा पूर्व अध्यक्षहरू केशव बडाल, दीपकप्रकाश बाँस्कोटा र निवर्तमान अध्यक्ष मिनराज कडेल, उपाध्यक्ष इन्दिरा पन्तले आफ्नो धारणा व्यक्त गरेका थिए । उनीहरुले सहकारी प्रणालीमा सुशासन कायम राख्दै स्वनियमानलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए। सहकारी क्षेत्र राज्यद्वारा अत्यधिक नियन्त्रित हुनु नहुने, बरु सहकारी संस्थाहरूले आफ्नै अनुशासन र आचारसंहिता निर्माण गरी कार्यान्वयन गर्नुपर्ने धारणा समेत व्यक्त गरेका थिए ।
कार्यदलको प्रमुख उद्देश्य नियामकीय मापदण्ड २०८२ मा रहेका असजिला, अव्यवहारिक र सहकारीको आत्मा विपरीत हुने प्रावधानहरूलाई चिन्हित गर्दै, तिनीहरूको संशोधनको लागि सम्बन्धित निकायहरूसँग संवाद, पैरवी र आवश्यक समन्वय गर्नु रहेको अध्यक्ष मल्लले बताइन् । सहकारी संस्थाहरूको वित्तीय अनुशासन, पारदर्शिता र सुशासन सुदृढ पार्ने कार्यमा सहयोग पुर्याउने गरी कार्यदलले संरचनागत सुझावहरू पनि प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी पीडितको कथामा आधारित चलचित्र ‘महाभोज’ को दर्शकद्वारा व्यापक प्रशंसा
२८ जेष्ठ २०८२, मंगलवार
सहकारी बैंक र कृषि तथा पशुपन्छी विकास मन्त्रालय बीच कृषि कर्जामा ब्याज अनुदान सम्झौता
२७ जेष्ठ २०८२, सोमबार
सहकारी नियामकीय मापदण्ड-२०८२ संशोधनका लागि पहल गर्न महासंघद्वारा कार्यदल गठन
२० जेष्ठ २०८२, सोमबार