बजेटको स्वागत गर्दै महासंघले भन्यो- ‘सहकारी क्षेत्र सुधारको सार्थक र सकारात्मक पहलको सुरुवात’
काठमाडौं : सहकारी अभियानले आर्थिक वर्ष २०८२/८३ को बजेटको स्वागत गरेको छ । अभियानको सर्वोच्च निकाय राष्ट्रिय सहकारी महासंघलि. ले आज एक विज्ञप्ति जारी गर्दै बजेटको स्वागत गरेको हो ।
महासंघ अध्यक्ष ओमदेवी मल्लको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेलज्यूद्वारा संघीय संसदमाप्रस्तुत आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यलाई सहकारी क्षेत्र सुधारको दिशामा सार्थक र सकारात्मक पहलको शुरुवातको रूपमा स्वागतगर्दछ।‘
महासंघले विगत केही वर्षयता सहकारी क्षेत्रमा देखिएका संरचनागत कमजोरी, नियमनको अभाव तथा सदस्यहरूको बचत सुरक्षाप्रति उठेकाचिन्तालाई सम्बोधन गर्ने गरी बजेटमा समावेश गरिएका योजनाहरू सहकारी अभियानका लागि अत्यन्त सराहनीय भएको जीकिर गरेको छ ।
बजेटमा समेटिएको बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमनलाई प्राथमिकता दिइनु, ५ लाखसम्मको बचत रकम निक्षेप तथा कर्जासुरक्षण कोषमार्फत सुरक्षित गर्ने प्रावधान, निक्षेपकर्ताको रकम फिर्ता गर्न चक्रिय कोष स्थापनाका लागि बीउँ पुँजीको व्यवस्था, सहकारी ऋण असुलीन्यायाधिकरणको स्थापना, अपचलन र अनियमितता गर्ने संचालक तथा पदाधिकारीको सम्पत्ति तथा राहदानी रोक्का राख्ने जस्ता नीगितगतव्यवस्थाले सहकारी क्षेत्रको शुद्धीकरण तथा वित्तीय अनुशासन कायम गर्न कोशेढुङ्गा हुने महासंघले जनाएको छ ।
सहकारी संस्थाको वर्गीकरण तथा एकीकरण र सहकारीमार्फत खेतीयोग्य भूमिको अधिकतम उपयोग गर्दै खाद्य, फलफूल, तरकारी, दूध र मासुउत्पादनमा आत्मनिर्भर हुने जस्ता कार्यक्रमले सहकारी समावेशीतामा आधारित समृद्ध सहकारी अभियानतर्फको यात्राको स्पष्ट संकेत बजेटले गरेको महासंघले जनाएको छ।
यी योजनाहरू प्रभावकारी कार्यान्वयनमा परिणत हुन सकेमा सहकारी प्रणालीमा देखिएका चुनौतीहरूको समाधान सम्भव हुने उसको दाबी छ । यसलेपारदर्शीता, जवाफदेहीता र सदस्यहरुको विश्वास कायम राख्दै सहकारी क्षेत्रमा स्थायित्व र सुशासनको सुदृढा आधार तयार गर्ने विश्वास महासंघकोछ ।
महासंघले बजेटमार्फत देखाइएका प्रतिबद्धता तथा सहकारी क्षेत्रमा सुधार ल्याउने दीगो सोचप्रति आभार व्यक्त गरेको छ । साथै उसले सरकारसँगसहकार्य गर्दै बजेटमा समावेश कार्यक्रमहरु सफल बनाउन योगदान दिने प्रतिबद्धता समेत जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
कोअपरेटिभ म्यानेजर्स क्लव, स्याङ्जाको अध्यक्षमा शिव वाग्ले
३० बैशाख २०८३, बुधबार
सहकारी मन्त्रालयका सचिव भुजेललाई प्राधिकरण अध्यक्षको जिम्मेवारी
३० बैशाख २०८३, बुधबार
सहकारी पत्रकारितामा दक्षता बढाउन बागमती प्रदेशका ४० पत्रकार एकै ठाउँमा
२८ बैशाख २०८३, सोमबार