सामुदायिक साकोसद्वारा बचत सुरक्षाको ज्ञारेन्टी, सदस्यलाई विचलित नहुन आग्रह
काठमाडौं : पनौती नगरपालिका-४, टौखाल काभ्रेमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई विचलित नहुन र सदस्यहरुको बचत सुरक्षित रहेको बताएको छ ।
संस्थाका अध्यक्ष मुकुन्द शर्माले आज (जेठ १२) विज्ञप्ति जारी गर्दै सदस्य र संस्थाको सम्पूर्ण सम्पत्ती तथा दायित्वको जिम्मेवारी सञ्चालक समिति र उच्च व्यवस्थापनले पूर्ण रुपमा लिएको जनाएको छ ।
संस्थामा कार्यरत कर्मचारीहरु सेवा केन्द्र प्रमुख विकास खड्का, ऋण सहायक सुवाष सापकोटा र ऋण सहायक सुन्दर घिमिरेबाट संस्थाको नीति, नियम र कानून उलंघन गरी संस्थाको रकम हिनामिना गरेको गरेका थिए । कुशादेवी सेवा केन्द्रमा साविक प्रमुख पदमा कार्यरत कर्मचारी विकास खड्काले आफ्ना आफन्त तथा नातेदार सदस्यहरुलाई आफू जिम्मेवारी बसी ऋण बनाई आफैँले एक करोड अठतीस लाख पचास हजार अपचलन गरेको र आफ्नो जिम्मेवारीमा रहेको सेवा केन्द्रको नगद नौ लाख अपचलन गरेकोमा उक्त रकमको साँवा तथा ब्याज रकम सम्पूर्ण असुल संस्थाले गरिसकेको छ ।
त्यस्तै मुख्य कार्यालयको ऋण विभागमा साविक ऋण सहायक पदमा कार्यरत कर्मचारी सुवाष सापकोटाले हिनामिना तीन करोड तीन लाख बयासी हजारको नियमानुसार अधिकतम ब्याज जोडी साँवा समेत असुल भएको र ढुंखर्क सेवा केन्द्रमा साविक ऋाण सहायक पदमा कार्यरत कर्मचारी सुन्दर घिमिरेले हिनामिना गरेको रकम अन्ठाउन्न लाख पच्चिस हजार नौ सय चौसठ्ठी रुपैयाँ त्रिहत्तर पैसामा नियमानुसार अधिकतम ब्याज जोडी साँवा समेत असुल गरिसकेको संस्थाले जनाएको छ ।
‘संस्थाको सञ्चालक समितिको मिति २०८२ बैशाख २५ गते बसेको बैठकबाट गठित छानविन समितिले पेश गरेको प्रतिवेदनले सिफारिस गरे बमोजिम मिति २०८२ जेष्ठ ९ गतेको सञ्चालक समितिको बैठकको निर्णयानुसार कर्मचारीहरुबाट रकम हिनामिना भएकोले हिनामिना भएको रकममा अधिकतम ब्याजदरले ब्याज जोडी असुल गरी निज कर्मचारीहरुलाई मिति २०८२ जेष्ठ १० गतेदेखि लागू हुने गरी बर्खास्त गरी कानूनी कार्वाहीको लागि सम्बन्धित निकायमा लेखि पठाइएको ब्यहोरा सम्पूर्ण शेयर सदस्य तथा सरोकारवाला महानुभावहरुमा जानकारी गराउँदछौं । यस अघि नै सञ्चालक समितिले अनियमिततामा संलग्न तिनै जना कर्मचारीहरुलाई थाहा पाएकै मितिदेखि निलम्बन गरी छानविन गरेको थियो’, संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
संस्थाका सदस्यहरुको बचत रकममा कुनै क्षति नपुगेको समेत संस्थाले जनाएको छ। संस्था प्रविधिमैत्री र प्रविधिमा भर पर्नुपर्ने भईरहँदा प्रविधिबाट हुनसक्ने जोखिमका सवालमा थप सतर्कता अपनाई सदस्यको बचतको सुरक्षाको ग्यारेन्टीको सवालमा पूर्ण प्रतिवद्ध रहेको समेत विज्ञप्तिमा उल्लेख छ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प
७ भाद्र २०८३, आईतवार
कथा जनउत्थानको, कथा रनबहादुरको : सोचदेखि सफलतासम्म
७ भाद्र २०८३, आईतवार
स्वर्णलक्ष्मी सहकारीमा अत्याधुनिक बैंकिङ सफ्टवेयर ‘ब्यालेन्स’ सञ्चालनमा
७ भाद्र २०८३, आईतवार