सहकारी अभियान कमजोर र धरासायी बनाउने मापदण्ड तत्काल परिमार्जन गर्नुपर्छ: लाखाजु
काठमाडौं : भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी अभियान कमजोर र धरासायी बनाउने गरी राष्ट्रिय सहकारी नियमन प्राधिकरणले मापदण्ड जारी गरेको बताउँदै तत्काल परिमार्जन गर्नुपर्ने बताएका छन् ।
बचत तथा ऋणको एकल उद्देश्य बमोजिम बचत तथा ऋण सहकारी संघहरुले सदस्य संस्थाको बचत स्विकार्ने र ऋण लगानी कार्य सहकारी ऐनमा व्यवस्था भए बमोजिम नै गरी रहेको बताए । बैंक तथा वित्तीय संस्थालाई पोषणका निम्ती नै बचत तथा ऋण मुख्य कारोबार गर्ने सहकारी संघ तथा संस्थाहरुको बृद्धि विकासमा संकुचन हुने गरी मापदण्डहरु जारी भएको उनको भनाई छ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको ‘सहकारीमा पूँजी कोष पर्याप्तता र पल्र्स अनुगमन प्रणाली तालिम’ समापन समारोहमा बोल्दै अध्यक्ष लाखाजुले समग्र सहकारी अभियानलाई कमजोर र धरासायी बनाउने गरी जारी मापदण्डको तत्काल परिमार्जनका लागि माग गरेका छन्।
जारी मापदण्डमा तरलता सम्बन्धी व्यवस्था लगायतका विषय तत्काल सच्याउनु पर्ने अन्यथा कानुनी उपचारमा सहकारी अभियान लाग्नु पर्ने बताए ।
सहकारीका सदस्यको बचत सुरक्षा तथा जोखिम न्युनिकारणका मापदण्डहरु पालना गरी संस्था सुरक्षित राख्न कर्मचारीहरुले सदैब नयाँ ज्ञान सिप सिक्नका लागि जागरुक हुनुपर्ने उनको भनाइ थियो ।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले वित्तीय कारोबार गरेकै आधारमा बचत तथा ऋण सहकारीलाई बैंक भयो भन्नु गलत भएको बताए। उनले बचत तथा ऋण कारोबारको सिमाको आधारमा बर्गीकरण गरी नेपाल राष्ट्र बैंकबाट बैकिङ इजाजत लिने व्यवस्था गर्नुपर्ने बताए । उनले सहकारीमा देखिएको समस्या समाधान सहकारीलाई नियोजन गर्ने निर्देशन तथा मापदण्ड मात्र जारी गर्दैमा नहुने भन्दै व्यवहारिक तथा प्रगतिशिल कानुनको आवश्यकता रहेको बताए।
नेफस्कूनका प्रार्चाय बल्लभ तिमल्सिनाले सहकारीमा पूँजी कोष पर्याप्तताको बारेमा र नेफस्कूनकै प्रशिक्षक उमेश कोईरालाले पल्र्स अनुगमन प्रणालीको विषयमा ज्ञान प्रदान गरेका थिए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार