बचत ऋण सहकारीका लागि नियामकीय मापदण्ड जारी
काठमाडौं : बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको नियमन गर्न गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरणले मापदण्ड जारी गरेको छ ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन मापदण्ड जारी गरेको हो ।
प्राधिकरणको आज बसेको सञ्चालक समितिको बैठकको निर्णयले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड, २०८२ जारी गरेको हो ।
२०८१ माघ १३ गते प्राधिकरणको कार्यालय उद्घाटन भएको थियो । सोही दिन प्राधिकरणको अध्यक्ष र दुई सदस्यलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सपथ खुवाएका थिए ।
प्राधिकरणका तत्कालिन अध्यक्ष अर्जुनप्रसाद पोखरेलको अध्यक्षमा सोही दिन बसेको पहिलो बैठकले प्राधिकरणका सदस्य तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेल संयोजकत्वमा सहकारी सम्बन्धी नियमन मापदण्ड बनाउन कार्यदल गठन गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार