वीरगञ्जमा सहकारीको समस्या र समाधान सम्बन्धी छलफल
वीरगञ्ज : सहकारी क्षेत्रले वर्तमानमा समयमा भोगिरहेको समस्या र समाधानका सम्भावित उपायबारे आज पर्सामा गम्भीर छलफल भएको छ ।
कोअपरेटिभ म्यानेजर्स क्लब, पर्साको आयोजनामा गृह लक्ष्मी साकोसको सभाहलमा आयोजित “सहकारीको समसामयिक समस्या तथा समाधान सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालले गरेका थिए । कार्यक्रमको अध्यक्षता क्लबका सभापति रवि भुषण श्रीवास्तवले गरेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष जिष्णु बराल र निवर्तमान अध्यक्ष चन्देश्वर प्रसाद चौरसिया विशिष्ट आतिथ्यता थियो ।
कार्यक्रमको सञ्चालन क्लबका सचिव प्रदीप कुमार लोहारले गरेका थिए। कार्यक्रममा क्लबका सञ्चालक समिति सदस्यहरु र विभिन्न संघसंस्थाका गरी करिब ४० जना प्रतिनिधिको सहभागिता थियो । सहभागीहरूले सहकारी क्षेत्रमा देखिएका वर्तमान समस्याहरू, नीति निर्माणमा सुधारको आवश्यकता, पारदर्शिता अभिवृद्धि र व्यवस्थापन सुधारका उपायहरूबारे खुलेर बहस गरेका थिए ।
छलफलले सहकारी क्षेत्रको दिगो विकासका लागि आवश्यक कदमहरुबारे महत्वपूर्ण निष्कर्ष निकालेको आयोजकले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
