सहकारी ठगीको कथा समेटिएको चलिचत्र ‘महाभोज’ (भिडिओ)
काठमाडौं : सहकारी ठगी विषयको सामाजिक द्वन्द्व बोकेको ‘महाभोज’ को ट्रेलर सार्वजनिक गरिएको छ। जेठ १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको कथावस्तुबारे ट्रेलरले प्रकाश पारेको छ।
ट्रेलरमा पैसाले निम्त्याएको पारिवारिक तथा सामाजिक द्वन्द्व र सहकारीको पैसा अपचलन भएपछि उत्पन्न परिस्थितिलाई देखाइएको छ। अभिनेता दयाहाङ राई सहकारी प्रमुखको भूमिकामा छन्। आर्यन सिग्देल गाउँपालिका अध्यक्षको भूमिकामा छन्। खगेन्द्र लामिछाने र अञ्जना बराइलीलाई पति÷पत्नीको रूपमा देख्न सकिन्छ। गौमाया गुरुङले दयाहाङको श्रीमतीको भूमिका निभाएकी छन्।
दिनेश राउतको निर्देशनमा तयार भएको फिल्ममा मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, वीरेन्द्र सिंह कुशवाह लगायतको पनि अभिनय छ। क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका निर्माता हिमाल कडरिया र कार्यकारी निर्माता किरण नेपाली हुन्।
फिल्ममा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, सुनिल क्षेत्री र मौसम हिमालीको नृत्य निर्देशन तथा निमेष श्रेष्ठको सम्पादन छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार