कोअपरेटिभ म्यानेजर्स क्लब सूर्यविनायकमा नयाँ समिति चयन, अध्यक्षमा जगतकृष्ण श्रेष्ठ
काठमाडौं : कोअपरेटिभ म्यानेजर्स क्लब, सूर्यविनायक भक्तपुरको अध्यक्षमा जगतकृष्ण श्रेष्ठ चयन भएका छन् ।
क्लबको आज (शुक्रबार) भएको दोस्रो भेलाले बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।
त्यसैगरी क्लबको उपाध्यक्षमा दक्षिणबाराही महिला साकोसकी व्यवस्थापक दिपा श्रेष्ठ क्षेत्री, सचिवमा अमरज्योति साकोसका व्यवस्थापक निर्मल प्रसाद सुवेदी र कोषाध्यक्षमा सिमल साकोसका मोतीराम खाताखो निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा सुवर्णपुर साकोसका व्यवस्थापक राम कुमार कोयजू, चमेली कल्याणकारी साकोसका व्यवस्थापक सुदर्शन चौलागाई, मैत्रीय साकोसका व्यवस्थापक उमेश शिलवाल, भविष्य साकोसकी व्यवस्थापक लक्ष्मीपुष्पा भट्टराई, पाञ्चायन महिला साकोसकी रेखाकुमारी उपाध्याय, भरोसा साकोसकी गीता थापा र समृद्ध साकोसका वालकृष्ण नगरकोटी सर्वसम्मत निर्वाचित भएका छन् ।
भेला भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुको प्रमुख आथित्यतामा सभा सम्पन्न भएको हो । सो अवसरमा बोल्दै धोजुले सहकारी संस्थाका असल अभ्यास एक आपसमा आदानप्रदान गर्न र वर्तमान समयमा यो क्षेत्रले भोगेका समस्याहरुका बारेमा छलफल गरी अघि बढन क्लब उपयुक्त फोरम भएको बताए । त्यसैगरी सूर्यविनायक नरपालिका भित्र रहेका सहकारी संस्थामा कार्यरत कर्मचारीहरुलाई सशक्तिकरण गर्दै सहकारी संस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्न पनि क्लबले सघाउने उनको विश्वास छ ।
प्रारम्भिक संस्थामा बसेर काम गरेका व्यक्तिहरुलाई मात्र सहकारीको वास्तविक समस्या थाहा हुने भन्दै उनले सहकारीका नेताले समस्याको समाधान गर्न नसक्ने प्रष्ट पारे । म्यानेजर्स क्लवलाई विशुद्ध रुपमा पेशागत संघको रुपमा अगाडि बढाउन भन्दै सिईओ धोजुले आफ्नो हकहित स्थापित गर्न समेत क्लवले काम गर्न सुझाए । त्यसका साथै सहकारी क्षेत्रलाई शुद्धिकरण गर्दै वित्तीय रुपमा पारदर्शी संस्था सञ्चालन गर्न क्लवले सघाउनु पर्नेमा उनको जोड छ । प्रदेश, जिल्ला र नगरस्तरीय क्लव गठन गरी सांगठनिक रुपमा समेत यो क्षेत्रलाई बलियो बनाएर लैजान आवश्यक रहेको उनको भनाई छ ।
क्लवको विनियमलाई फराकिलो ढंगले लेखन गरी अभियानको प्रवद्र्धनमा सबै पक्ष लाग्नु पर्नेमा उनको जोड छ । निर्वाचन उपसमितिको संयोजक समेत रहेका धोजुले निर्वाचित समितिलाई प्रभावकारी रुपमा काम गर्न शुभकामना दिए । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले क्लवले संस्थामा कार्यरत कर्मचारी क्षमता विकास गरी उनीहरुलाई सक्षम बनाउने बताए ।
उनले व्यवस्थापक र सहायक व्यवस्थापकको क्षमता विकास गरी संस्थाको वित्तीय कारोबारलाई प्रभावकारी ढंगले अगाडि बढाउन भूमिका खेल्ने उनको भनाई छ । दुई बर्षको कार्यकालमा सहकारी क्षेत्रको नीतिगत वहस पैरवीदेखि कानुनी र व्यवहारिक समस्या समाधानमा समेत क्लवले पहल गर्ने उनको भनाई छ ।
कार्यक्रममा चन्द्रागिरि म्यानेजर्स क्लवका सल्लाहकार लेवन श्रेष्ठ र मध्यपुर म्यानेजर्स क्लवका अध्यक्ष शान्त कुमार हेक्का सहित सहकारी संस्थाका व्यवस्थापकहरुको उपस्थिति रहेको थियो । २०७८ साल फागुनमा पहिलो पटक तदर्थ समिति गठन भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार