सहकारी मन्त्रालयको बेरुजु १ अर्ब ५० करोड
काठमाडौं : आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बेरुजु अर्थमन्त्रालयमा देखिएको छ।
महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन अनुसार अर्थ मन्त्रालयमा कुल बेरुजुको ७०.६१ प्रतिशत देखिएको हो। प्रतिवेदनअनुसार संघीय निकायको कुल ४७ अर्ब ७४ करोड रुपैयाँ बेरुजुमध्ये अर्थ मन्त्रालय एक्लैको ३३ अर्ब ७१ करोड १७ लाख बेरुजु देखिएको हो ।
त्यसपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ६ अर्ब ४३ करोड बेरुजु देखिएको छ । जुन संघीय निकायतर्फको कुल बेरुजुको १३.४८ प्रतिशत हो ।
रक्षा मन्त्रालयमा १ अर्ब ६७ करोड, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा १ अर्ब ५० करोड, परराष्ट्र मन्त्रालयमा १ अर्ब ५ करोड, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ६५ करोड ८० लाख रुपैयाँ, शहरी विकास मन्त्रालयमा ६२ करोड ९ लाख, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ५० करोड २३ लाख, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ३८ करोड ४९ लाख, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा २३ करोड ६० लाख बेरुजु देखिएको छ । यस्तै, अन्यमा ९६ करोड १६ लाख बेरुजु देखिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार