अधिकांश सहकारीले जम्मा गरेन प्रवर्धन कोषमा रकम, महालेखाले उठायो प्रश्न
काठमाडौं : अधिकांशले सहकारी प्रवर्धन कोषमा रकम जम्मा नगरेको महा लेखापरीक्षकको कार्यालयले जनाएको छ ।
महालेखाले सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवदेन अनुसार कोषमा गत वर्षसम्म ९ करोड १९ लाख ६७ हजार र यो वर्षको थप २ करोड ७९ लाख ५२ हजार गरी कुल ११ करोड ९९ लाख १९ हजार मौज्दात रहेको छ ।
कोष सचिवालयले सहकारीहरुबाट विवरण सङ्कलन नगरी बैंक स्टेटमेन्टको आधारमा कोषमा एकमुष्ट आम्दानी जनाउने गरेका कारण कुन सहकारीले कति रकम दाखिला गरे भन्ने विवरण यकिन हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । उक्त विषय स्पष्ट यकिन गरी उल्लिखित रकम कोषमा जम्मा गरिनुपर्ने महालेखाले जनाएको छ ।
सहकारी ऐन २०७४ को दफा ७० ९२० मा सहकारी संस्थाहरुको खुद बचतबाट जगेडा कोषमा जम्मा गर्नुपर्ने रकम छुट्याई बाँकी रहेको रकमको ०.५ प्रतिशतले हुन आउने रकम सहकारी प्रवर्धन कोषमा जम्मा गराउनुपर्ने कानूनी व्यवस्था छ ।
सहकारी संघसंस्थाको प्रवर्धनका लागि व्यवस्था गरिएको कोष लामो समय बित्दा समेत परिचालन हुन सकेको छैन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कोष सञ्चालन कार्यविधि २०७६ जारी गरेपनि हालसम्म कोषको रकम परिचालन हुन नसकेको हो ।
सहकारी ऐनमा कोषको व्यवस्था भएसँगै केही सहकारी संस्थाले कोषमा रकम जम्मा गरेको भएपनि लामो समय कार्यान्वयनमा नआएका कारण धेरै संस्थाले रकम जम्मा गर्न छाडेको देखिएको छ । सहकारी संस्थाहरुले साधारण सभाबाट लेखापरिक्षण प्रतिवेदन अनुमोदन भएको १५ दिनभित्र कोषको खातामा रकम जम्मा गर्नुपर्ने कानुनी प्रावधान छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार