१९ भदौ २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय सहकारी दिवस २०२५ को थिम सार्वजनिक

२०८२ वैशाख ३०, मङ्गलबार
अन्तर्राष्ट्रिय सहकारी दिवस २०२५ को थिम सार्वजनिक

काठमाडौं : अन्तर्राष्ट्रिय सहकारी दिवस २०२५ को थिम सार्वजनिक गरिएको छ ।  अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसिए) ले आगामी जुलाई ५ मा पर्ने १०३ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम सार्वजनिक गरेको हो । यस वर्षकाे थिम ‘समुन्नत विश्वका लागि समावेशी तथा दिगो समाधान अघि बढाउनु’ (Driving Inclusive and Sustainable Solutions for a Better World) रहेको छ ।

यो वर्ष ३१ औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस पनि हो । यसै वर्ष विश्वले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ समेत मनाइरहेको छ ।

अन्तर्राष्ट्रिय सहकारी दिवस प्रत्येक जुलाई महिनाको पहिलो शनिबार मनाउने प्रचलनको शुरुवात सन् १९२३ बाट शुरु भएको हो भने संयुक्त राष्ट्र संघले सन् १९९५ बाट यसलाई मान्यता प्रदान गरेको हो ।

विश्वभर सहकारीको महत्व, उद्देश्य, सिद्धान्त, सफलता र सम्भावनाहरुबारे जनचेतना, शिक्षा, जागरण र प्रवर्धनका कार्यक्रमहरु गरी हरेक वर्ष दिवस मनाइन्छ ।

नेपालको सहकारी अभियानको शीर्ष निकाय राष्ट्रिय सहकारी महासंघले विशेष कार्यक्रम आयोजना गरी सहकारी दिवस मनाउने गर्दछ । सोही दिन महासंघले राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान र उत्कृष्ट सहकारी पुरस्कारहरु प्रदान गर्ने गर्दछ ।

राष्ट्रिय सहकारी दिवसका अवसरमा घोषित सम्मान तथा पुरस्कारहरु प्रत्येक वर्ष अन्तर्राष्ट्रिय सहकारी दिवस अर्थात राष्ट्रिय सहकारी महासंघ दिवसका अवसरमा प्रदान गरिदैं आएको छ।

अभिलेख

लोकप्रिय