२८ फागुन २०८२, बिहिबार

‘आई स्मार्ट सहकारी एप’को वार्षिकोत्सव अफर: सत प्रतिशत क्यास ब्याक

२०८२ वैशाख २५, बिहिबार
‘आई स्मार्ट सहकारी एप’को वार्षिकोत्सव अफर: सत प्रतिशत क्यास ब्याक

काठमाडौं : देवन सफ्ट प्रा.लि.द्वारा विकसित ‘आई स्मार्ट सहकारी’ मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटफर्मले आफ्नो सेवा यात्राको दोस्रो वर्ष सफलतापूर्वक पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ।

दोस्रो वार्षिक उत्सवको अवसरमा कम्पनीले ‘क्यास ब्याक’ अफर ल्याएको हो । आई स्मार्ट सहकारी एपबाट कुनै पनि क्यू आर स्क्यान गरी भुक्तानी गर्दा एक सय जना भाग्यमानीले सत प्रतिशत क्यास ब्याक उपहार पाउने कम्पनीले जनाएको छ । यस अफर बैशाख २२ गतेदेखि जेठ २२ गते (एक महिना) सम्म सञ्चालन हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले जानकारी दिए ।

विष्णु महर्जन आई स्मार्ट सहकारी एपका प्रमुख कार्यकारी अधिकृत हुन्। सहकारी क्षेत्रको डिजिटल रूपान्तरणमा उनको विशेष दृष्टिकोण र नेतृत्वले कम्पनीलाई छोटो समयमा नै राष्ट्रिय स्तरमा स्थापित गर्न सफल भएको छ। ग्राहक केन्द्रित सेवा, नवप्रवर्तनशील अफरहरू र प्रविधिमा आधारित समाधानमार्फत कम्पनीको दिगो विकासमा उहाँको उल्लेखनीय योगदान रहेको छ।

‘अबको सहकारी आई स्मार्ट डिजिटल सहकारी’ भन्ने मुल नाराका साथ २ वर्ष अघिबाट सुरु भएको कम्पनीले यात्रा आरम्भ गरेको थियो । मोबाईल बैंकिङ तथा भुक्तानी प्लेटफर्ममा लामो समय अनुभव बटुलेको टिमबाट सञ्चालित ‘आई स्मार्ट सहकारी एप’ले छोटो समयमै लोकप्रियता हासिल गरेको छ ।

हाल ४ सयभन्दा बढी सहकारी संस्थाहरुले ‘आई स्मार्ट सहकारी एप’ प्रयोग गर्दछन् । ६१ जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको कम्पनीले ४० भन्दा बढी च्यानल पार्टनर तथा ४० हजार भन्दा बढी क्यु आर मर्चेन्टहरुसँग सहकार्य गरी काम गर्दै आएको महर्जनले बताए । कम्पनी हाल गट्ठाघर, भक्तपुरस्थित आफ्नै भवनबाट सञ्चालित छ, जहाँ हाल ३० जना कर्मचारीहरु कार्यरत छन् ।

आई स्मार्ट आईएसओ ९००१ र २७००१ प्रमाणित कम्पनी हो । हाल ४० भन्दा बढी विभिन्न सफ्टवेयर कम्पनीसँग सहकार्य गरी मोबाईल बैंकिङ तथा भुक्तानी सेवा कम्पनीले प्रवाह गरिरहेका तथा जुन सुकै सहकारी सफ्टवेयरमा पनि यस एप जडान गर्न सकिन्छ भन्ने कम्पनीको दाबी प्रमुख म्यानेजर बिश्व प्रसाद गौतमले गरे । विश्व प्रसाद गौतम आई स्मार्ट सहकारी एपका प्रमुख म्यानेजर हुन्।

सहकारी र वित्तीय प्रविधि क्षेत्रमा गहिरो अनुभव भएका गौतमको नेतृत्वमा कम्पनीले विभिन्न सफ्टवेयर कम्पनीहरूसँग सहकार्य विस्तार गर्दै आएको छ। प्रविधि तथा सेवाको समायोजनमा उनी निरन्तर क्रियाशील रहँदै आएका छन्।

सहकारीका सदस्यलाई आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, व्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी हेर्न, टपअप, वालेट लोड, ब्रोकर पेमेन्ट, विभिन्न सरकारी भुक्तानी, बीमा भुक्तानी, क्युआर भुक्तानी, रेमिट्यान्स, बैंक ट्रान्फर लगायतका सेवाहरु आई स्मार्टले दिँदै आएको छ ।

मोबाइल बैंकिङ सेवा बाहेक एसएमएस बैंकिङ, एटीएम तथा कोप कार्ड, मिस्डकल बैंकिङ, ट्याबलेट बैंकिङ, रेमिट्यान्स र इन्टरनेट बैंकिङजस्ता सुविधाहरू पनि कम्पनीले उपलब्ध गराउदै आएको छ भने फोन पे, नेपाल पे, स्मार्ट क्युआर, कनेक्ट आईपीएस, इसेवा, खल्ती, सेल पे, आईएमई पे, सिटी पे, माई पे, प्रभु पे लगायतका प्रमुख डिजिटल भुक्तानी सेवा प्रदायकहरूसँग साझेदारीमा काम गरिरहेको छ।

अभिलेख

लोकप्रिय