१६ जेठ २०८३, शनिवार

सर्लाहीको सगुन साकोस स्तरीकरण कार्यक्रम ‘प्रोटेक्ट’मा आवद्व

२०८२ वैशाख २२, सोमबार
सर्लाहीको सगुन साकोस स्तरीकरण कार्यक्रम ‘प्रोटेक्ट’मा आवद्व

काठमाडौं : सर्लाहीको हरिवन नगरपालिका-११, स्थित सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्तरीकरण कार्यक्रम ‘प्रोटेक्ट’ आबद्ध भएको छ ।

सहकारी संघ/संस्थाहरूको गुणस्तर अभिवृद्धि गरी सहकारी अभियानको छवि उच्च बनाउने उद्देश्यले राष्ट्रिय सहकारी बैंकले सञ्चालन गरेको ‘प्रोटेक्ट’ मा आबद्ध भएको हो ।

सोमबार राष्ट्रिय सहकारी बैंकको तर्फबाट हरिवन शाखाका प्रमुख नारायण लामिछाने र संस्थाका अध्यक्ष केशव प्रसाद ढकालले स्तरीकरण कार्यक्रम प्रोटेक्टमा आवद्ध भएको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता कार्यक्रममा संस्थाका कोषाध्यक्ष पदमा मोक्तान र प्रबन्धक रवीन्द्र रानाको समेत उपस्थिति थियो ।

कार्यक्रममा आबद्धता पश्चात् सहकारी संस्थाहरूको वित्तीय व्यवस्थापन र सुशासनका सूचकहरू माथि राष्ट्रिय सहकारी बैंकले निर्माण गरेका सूचकाङ्कहरूका आधारमा संस्थाको स्तर मापन गरी स्तर उन्नतिका लागि आवश्यक सुझाव मार्गदर्शन तथा प्राविधिक सहयोग प्रदान गरिने उल्लेख छ ।

प्रोटेक्ट कार्यक्रम अन्तर्गत बचत तथा ऋण सहकारी र बचत तथा ऋण बाहेकका सहकारीहरूका लागि अलग अलग सूचकाङ्कहरूलाई आधार मानी संस्थाको स्तर मापन गरिनेछ ।

सम्झौतामा हस्ताक्षरपछि बोल्दै संस्थाका अध्यक्ष केशव प्रसाद ढकालले सहकारीलाई सुरक्षित रूपमा सञ्चालनका लागि आवश्यक नीति तथा कार्यविधिहरू निर्माण गर्न, सुशासन कायम राख्न, वित्तीय रूपमा सक्षम बनाउन तथा समग्रमा सहकारीको स्वास्थ्य अवस्था सुधार गर्नका लागि सहकारी बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम प्रभावकारी हुने बताए ।

अभिलेख

लोकप्रिय