जनकपुरमा ‘सहकारी सफ्टवेयर सम्बन्धी अन्तरक्रिया’
जनकपुर : सहकारी संस्थाहरुमा प्रविधिमा आधारित सेवा सञ्चालन तथा सफ्टवेयरको प्रयोगबारे मधेस प्रदेशका सहकारीकर्मीबीच अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । फिनएक्स को–अपरेटिभ सफ्टवेयर निर्माण कम्पनी जिनव इंन्क प्रालीको आयोजनामा शुक्रबार जनकपुरधाममा भएको कार्यक्रममा मधेस प्रदेशका एक सय भन्दा बढी सहकारी संस्थाका अध्यक्ष, संचालक, व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहकारी संस्थाहरुमा आधुनिक प्रविधिको प्रयोग, सफ्टवेयर छनोट गर्ने आधार र यसबाट हुने फाइदाबारे छलफल गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामनगिना राउत, समाज सेवी कृष्ण दिक्षित तथा स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख व्यवस्थापक विनोद थापाले पनि सहकारीको क्षेत्रको बारेमा धारणा राखेका थिए ।
गत साउनदेखि ‘फिनएक्स को-अपरेटिभ सफ्टवेयर’ नामबाट संचालनमा रहेको सफ्टवेयरको सेवा हाल ५ सय वटा भन्दा बढी संस्थाहरुले प्रयोग गरिरहेका छन् । कोशी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले जारी गरेको ‘सहकारी संस्थामा एप्लिकेशन सफ्टवेयर प्रयोग सम्बन्धी कार्यविधि-२०८१’ ले तोकेको मापदण्ड पुरा गरी सूचिकृत भएको सफ्टवेयरमा कोर बैंकिङका अतिरिक्त कर्जा लगानी प्रक्रिया सम्बन्धी विस्तृत मोडल, गो एएमएल, कोपोमिस, पल्स मनिटरिङलगायत नयाँ सुविधाहरु छन् ।
यस्तै सफ्टवेयरमा क्युआर कोड भुक्तानी तथा फर्छौट, मिस्डकलमार्फत मोवाईल रिचार्ज, बैंकबाट सहकारीमा र सहकारीबाट बैंक खातामा रकम ट्रान्सफर, इसेवा खल्तीलगायतका वालेटहरुमा रकम ट्रान्सफर र वालेटबाट सहकारीको खातामा रकम ट्रान्सफर, एटीएम, इ टेलरलगायतका आधुनिक सुविधा उपलब्ध छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार