भक्तपुर जिल्ला बचत संघ२१ औं स्थापना दिवस: अन्तरक्रिया तथा पुरस्कार वितरण
काठमाडौं : भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले आफ्नो २१ औं स्थापना दिवस २०८२ बैशाख २१ गते समसामयिक विषयमा अन्तरक्रिया तथा पुरस्कार कार्यक्रम गरी मनाएको छ ।
संघले सहकारी विधेयक, निर्देशन तथा मापदण्ड, बचत तथा ऋण सहकारीको आगामी मार्गचित्र विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूको सभापतित्वमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा जिल्लास्तरीय सहकारी व्यवसाय पुरस्कार २०८१ बाट युवा बचत तथा ऋण सहकारी संस्था, भक्तपुर नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार २०८१ बाट लोकेश्वर बचत तथा ऋण सहकारी संस्था, मध्यपुर थिमि नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार २०८१ बाट बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि., सूर्यविनायक नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार २०८१ बाट सुवर्णपुर बचत तथा ऋण सहकारी संस्था लि., र चाँगुनारायण नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार २०८१ बाट देवी महिला बचत तथा ऋण सहकारी संस्था लि, लाई पुरस्कृत गरिएको थियो ।
साथै ६८ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा भक्तपुर नगरमा आयोजित नगरस्तरीय प्रभातफेरीमा उत्कृष्ट सहभागी पुरस्कारबाट भक्तपुर बचत तथा ऋण सहकारी संस्था, लोकेश्वर बचत तथा ऋण सहकारी संस्था र बालाखु बचत तथा ऋण सहकारी संस्था लि. लाई पुरस्कृत गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार