बालकुमारी साकोसलाई उत्कृष्ट सहकारी पुरस्कार
काठमाडौं : भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले बालकुमारी बचत तथा ऋण सहकारी संस्था मध्यपुर थिमिलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०८१ प्रदान गरेको छ ।
संघले २१ औं स्थापना दिवसको अवसरमा मध्यपुर थिमि नगरपालिकाबाट बालकुमारी सकोसलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्रदान गरेको हो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रकाश ढकालबाट अध्यक्ष तुईलाल श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरिएको थियो।
२०५७ साल असोज २ गते स्थापित यस संस्थालाई तत्कालिन डिभिजन सहकारी कार्यालय भक्तपुरले भक्तपुर जिल्लाको उत्कृष्ट सहकारी पुरस्कार, राष्ट्रिय सहकारी बैंक लि.ले उपत्यकाको उत्कृष्ट सहकारी पुरस्कार प्रदान गरिसकेको छ ।
साथै संस्थालाई सदस्यको आर्थिक जीवनकास्तरका विकासमा योगदान र सामाजिक उत्तरदायित्व अन्तरगत कार्य गरे बापत थुप्रै सामाजिक संघ संस्थाले सम्मानित तथा पुरस्कृत गरेको छ ।
स्थानीय २८ जना व्यक्तिहरुले ७ लाख शेयर पूँजी बाट सुरु भएको संस्थाको वासलात २०८२ वैशाख १९ गतेसम्म आईपुग्दा २ अर्ब १७ करोड ९३ लाख १४ हजार ४ सय ८९ रुपैयाँ पुगेको छ ।
संस्थामा ५९१५ सदस्य आवद्ध छन् । समय अनुसार व्याजदर समायोजन तथा सदस्यहरुलाई हाल सदस्य समृद्धि कर्जा ८ प्रतिशत ब्याजदर, विभिन्न ऋण शिर्षकमा सुविधा ऋण ८.५ प्रतिशत ब्याजदर (शर्त लागु हुने), बालकुमारी सुनौलो कर्जा ९.५ प्रतिशत ब्याजमा ऋण लगानी गरिरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको उद्धार तथा पुनर्निर्माणमा गुडविल साकोसको २ लाख ३६ हजार सहयोग
१७ भाद्र २०८३, बुधबार