सहकारी महासंघको आयोजनामा ‘ओपन फिडे र्यापिड रेटिङ’ चेस हुने
काठमाडौं : संयुक्त राष्ट्रसंघले घोषणा गरेको ‘अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५’ को अवसरलाई लक्षित गर्दै प्रभु महालक्ष्मी दोस्रो ओपन फिडे र्यापिड रेटिङ चेस प्रतियोगिता हुने भएको छ । राष्ट्रिय सहकारी महासंघले सो प्रतियोगिता बैशाख २५ र २६ गते ललितपुरमा आयोजना गर्न लागेको हो ।
यो प्रतियोगिताको मुख्य प्रायोजन प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले गरेको छ । यसअघि प्रतियोगिताको पहिलो संस्करण २०८० सालको जेठ १५ गते सम्पन्न भएको थियो, जहाँ काठमाडौंका युवा खेलाडी सुदीप तामाङले उपाधि जितेका थिए । प्रतियोगितामा प्राविधिक सहयोग नेपाल बुद्धिचाल संघले गरेको छ । पहिलो संस्करणमा १११ जना खेलाडीको सहभागिता रहेको र यस पटक १५० बढी खेलाडी सहभागी हुने बताइएको छ ।
यस पटक प्रतियोगिताको पुरस्कार राशिमा उल्लेखनीय वृद्धि गरिएको छ । प्रतियोगिताका विजेताले नगद ४० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । साथै, विजेताले एक वर्षका लागि १० लाख रुपैयाँ बराबरको आवधिक जीवन बीमा सुविधा पनि प्राप्त गर्नेछन् ।
त्यस्तै, दोस्रो स्थान हासिल गर्ने खेलाडीले २५ हजार रुपैयाँ नगद पुरस्कार र ७ लाख रुपैयाँ बराबरको आवधिक बीमा प्राप्त गर्ने छन्। तेस्रो हुनेले १५ हजार रुपैयाँ नगद र ५ लाख रुपैयाँको एक वर्ष अवधिको बीमा पाउनेछन् ।
प्रतियोगितामा समग्रमा उत्कृष्ट १० खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ । साथै, उत्कृष्ट क्रमशः तीन महिला खेलाडीले समेत नगर पुरस्कार प्राप्त गर्ने छन् । पहिलो हुनेले ७ हजार, दोस्रोले ६हजार र तेस्रो हुने महलि ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी, उत्कृष्ट भेट्रान (वरिष्ठ खेलाडी), उत्कृष्ट अनरेटेड (रेटिङ नभएका खेलाडी), उत्कृष्ट यु–१६ (१६ वर्षमुनी), यु–१८ (१८ वर्षमुनी) खेलाडीहरू, उत्कृष्ट सहकारी खेलाडी, उत्कृष्ट विमा खेलाडीलगायतलाई नगद पुरस्कार प्रदान गरिनेछ ।
राष्ट्रिय सहकारी महासंघले खेलमार्फत सहकारी आन्दोलनको महत्व र सहकार्यको भावना प्रवद्र्धन गर्न बुद्धिचालजस्तो बौद्धिक खेलमार्फत योगदान पुर्याउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको जनाएको छ । आयोजकले प्रतियोगितामा सबै उमेर समूहका खेलाडीहरूको उत्साहजनक सहभागिता हुने अपेक्षा गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार