दुई पन्नाको भए पनि साकोस ऐन जरुरी छ: अध्यक्ष ढकाल
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालले बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी व्यवस्थापनका लागि अब छुट्टै बचत तथा ऋण सहकारी ऐन (साकोस ऐन) निर्विकल्प भएको बताएका छन् ।
अध्यक्ष ढकालले धमिलो पानीमा राखेर सहकारी संस्था चल्न सम्भव नहुने बताउँदै साकोस ऐन आवश्यक रहेको उनले बताए ।
शुक्रबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र सहकारी विभागले ‘सहकारी प्राधिकरण गठनपछि सहकारी विभागको भूमिका विषयक’ अन्तक्र्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भने, ‘‘बचत ऋण सहकारीको व्यवस्थापन गर्ने एकमात्र विकल्प छुट्टै बचत तथा ऋण सहकारी ऐन (साकोस ऐन) हो । ऐनको तत्काल आवश्यकताका विषयमा सम्बन्धित सरोकारवाला र सम्बद्ध पत्रकारहरुको ध्यानाकर्षण गराउँदै अध्यक्ष ढकालले यदि विषयक्षेत्र केन्द्रीत भएर जानेहो भने दुई पन्नाको भएपनि साकोस ऐन जारी गर्न जरुरी छ ।’
प्रतिस्थापन विद्येयकको रुपमा २/४ पन्नाको पनि त ऐन बन्दो रहेछ नि ! बचत तथा ऋण सहकारीको संरक्षण र व्यवस्थापनका लागि पनि २÷४ पन्नाकै किन नहोस, साकोस ऐन जारी गर्ने विषयलाई प्राथमिकतामा राख्न अनुरोध उनले गरे ।
सहकारी ऐन, २०७४ जारी भएको ७ बर्ष पुरा भयो । प्रतिस्थापन विधेयक मार्फत आएको सहकारी ऐन, २०८१ पनि कार्यान्वयनमा छ । दुईटै विषयलाई हेर्दा ऐन कार्यान्वयन नभएको विषय र संशोधित ऐनमा नपरेका र सहकारी ऐन, २०७४ मा भएका सबै विषय कार्यान्वयनयोग्य विषय हुन् भन्ने हामीले बुझ्नुपर्छ । त्यो किन कार्यान्वयन हुन सकेन ? कार्यान्वयन नहुनुको विषय मेरो मुल प्रश्न हो ? अर्को सहकारी ऐन, २०८१ कार्यान्वयनको क्रममा छ, यसमा मुख्यत दुईवटा विषय हो भन्ने हामीले बुझेका छौं, एउटा त बचतकर्ताको बचत फिर्ता गर्ने विषय र अर्को विभिन्न कार्यदल र अभियानको सुझावका आधारमा सहकारी भित्रका गतिविधिको नियमन तथा व्यवस्थापन गर्न केन्द्रीकृत भएको हामीले पायौं । यी दुवै विषयले अग्र गतिमा काम गर्छ भन्ने विश्वास अभियानले लिएको छ । त्यसमा नतिजा आएपछि मात्रै न हामीले अनुभूति गर्न सक्छौं ।
सहकारी ऐन, २०७४ लागु हुनुपर्ने विषयनै लागु नभएका कारण नै अध्यादेशमार्फत ऐन आउनुपरेको हो, आज त्यसैका कारण सहकारी अभियान कमजोर हुनुपरेको छ । भईरहेको ऐन कार्यान्वयन नभई अर्को ऐन आउँदा त्यसले अभियानलाई झनै कमजोर बनाएको हो भन्ने मेरो बुझाई रहेको छ, अध्यक्ष ढकालले भने ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको उद्धार तथा पुनर्निर्माणमा गुडविल साकोसको २ लाख ३६ हजार सहयोग
१७ भाद्र २०८३, बुधबार