२२ कात्तिक २०८३, आईतवार

को-अपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा नयाँ समिति चयन, अध्यक्षमा गोपाल दाहाल

२०८२ वैशाख ७, आईतवार
को-अपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा नयाँ समिति चयन, अध्यक्षमा गोपाल दाहाल

काठमाडौं : को-अपरेटिभ म्यानेजर्स क्लब काभ्रे (सीएमसी काभ्रे को अध्यक्षमा गोपाल दाहाल चयन भएका छन् । क्लबको आज सम्पन्न तेश्रो वार्षिक साधारण सभाले ज्योति मिर्मिरे सामुहिक साकोसका प्रमुख कार्यकारी अधिकृत दाहालको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विराेध चयन गरेको हो ।

क्लबको उपाध्यक्षमा पाँचखालको आर्थिक विकास मित्र साकोसका प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारी, सचिवमा आभाष साकोस बनेपाका प्रमुख कार्यकारी अधिकृत सुवास बैद्य तथा कोषाध्यक्षमा लक्ष्मी महिला साकोस काभ्रेका मनोज रायमाझी चयन भएका छन्।

त्यसैगरी क्लबको संचालक सदस्यमा एक्सेस साकोसका अरुण थापा, सक्षम साकोसकी पार्वती थापा, महिला आधारशिला साकोसकी यशोदा बोगटी, सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्थाका गौतम प्रजापती र वासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाका अनन्त तिमल्सिना निर्वाचित चयन भएका छन् ।

अभिलेख

लोकप्रिय