महासंघ अध्यक्ष मल्ल सम्मानित

काठमाडौं : पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ललाई सम्मान गरेको छ ।
‘पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान २०८१’ बाट संस्थाले अध्यक्ष मल्ललाई सम्मान गरेको हो । ‘अग्रजको सम्मान सभ्यताको पहिचान’भन्ने नाराका साथ संस्थाले १७ औं बार्षिकोत्सवको अवसरमा अध्यक्ष मल्ललाई ५१ हजार १ सय ११ रुपैँयाँ नगद सहित ताम्रापत्रले सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष भोला नाथ पाठकको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दिपक प्रकाश बाँस्कोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि बाँस्कोटाले अध्यक्ष मल्ललाई सम्मान गरेका थिए ।
मल्लले सम्मानले आफुलाई थप जिम्मेवार बोध गराएको बताइन् । अध्यक्ष मल्लले सरकारले गर्नुपर्ने काम प्रारम्भिक सहकारी संस्थाले गरेको भन्दै सहकारी अभियानमा योगदान गर्ने अभियान्ताहरुलाई सम्मान गर्ने सोच सकरात्मक भएको बताइन् । उनले राष्ट्रिय अर्गनाइजेशनले गर्ने काम प्रारम्भिक सहकारीले गर्नु आफैमा गर्वको विषय भएको बताइन् । सदस्य र समुदाय केन्द्रीत संस्थाले सहकारी मूल्य, मान्यता र सिद्धान्तमा सञ्चालित भई समाजमा राम्रो छाप छाड्न सकेको उनको भनाई छ । सहकारी क्षेत्र विषम परिस्थितिबाट गुज्रेको र वितेका केही बर्ष यो क्षेत्रले थुप्रै कुराको सामना गर्नु परेको मल्लको भनाई छ । सहकारी क्षेत्रको समस्या समाधान गर्न सरकार र अभियानसँगै मिलेर हिडेको र क्रमश केही सुधार गर्दै लगेको समेत सो अवसरमा उनले बताइन् । सरकारले सहकारी क्षेत्रको समस्या समाधान गर्न प्रतिस्थापन विधेयक मार्फत् ऐन संशोधन गरेको भन्दै अध्यक्ष मल्लले अभियानले उठाएका केहि कुरा सम्बोधन भएको उनको भनाई छ ।
अभियानमैत्री ऐन बनाउन आफुले निरन्तर पहल गर्दै आएको उनले जानकारी दिइन् । सहकारी क्षेत्रको नियमनको लागि सहकारी प्राधिरकण गठन भई सकेकाले बचत ऋणको कारोबार गर्ने सहकारी संस्थाहरु रि रजिष्ट्रेशन गरी नियमन तथा अनुगमन गर्ने उनले जनाइन् । सहकारी लागि कर्जा सूचना केन्द्र,ऋण असुली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षण कोष स्थापनाको लागि समेत पहल भई राखेको र सरकारले छिट्टै ल्याउने उनले जानकारी दिइन् । संविधान सदस्य हुँदा सहकारीमा महिला नेतृत्वको लागि आफुले पहल गरेको भन्दै उनले अहिले ऐनमा नै व्यवस्था गरेर ३३ प्रतिशत महिलाको सुनिश्चतता भएको बताइन् । संस्थाका सञ्चालक,कर्मचारी र सदस्यले सहकारी बुझ्न आवश्यक रहेको भन्दै मल्लले सञ्चालकले सदस्यको कर्तव्य बुझाउनु पर्ने उल्लेख गरिन् ।
नेपालमा नै सहकारीमा डिप्लोमा र मास्टर युनिर्भसिटीको सुरुवात गरेको जानकारी दिदैँ मल्लले शिक्षा तथा तालिम लिएर काम गर्दा संस्थामा धेरै फरक आउने बताइन् । उनले पाँच तारा जस्ता सहकारी समुदायमा भएको भए यस्ता समस्या नआउने बताइन् । २०५५ सालमा सहकारी क्षेत्रमा प्रवेश गरेकी मल्लले यो क्षेत्रमा २६ बर्ष बिताइसकेकी छिन् । रिलयावल सहकारीबाट यो क्षेत्रमा प्रवेश गरेकी मल्लले प्रारम्भिक सहकारी संस्था हुँदै, जिल्ला संघ, विषयगत संघ र राष्ट्रिय सहकारी महासंघमा सञ्चालक,उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै हाल अध्यक्षमा रहेर काम गरिरहेकी छिन् । नेपालबाट भारतमा गएर सहकारीमा डिप्लोमा गर्ने मल्ल पहिलो महिला हुन् । त्यसैगरी मल्लले एसिया प्रान्तबाट अन्तर्राष्ट्रिय सहकारी महासंघको ग्लोबल वोर्ड सदस्यमा निर्वाचित भएर नेपालको सहकारी अभियानलाई विश्वमा चिनाउन समेत महत्वपूर्ण भूमिका खेलेकी छिन् ।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

बनेपा नगरपालिकाले सुरु गर्यो सहकारीहरुका लागि ‘सेक्योस’ अनलाइन प्रणाली
७ बैशाख २०८२, आईतवार
को-अपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा नयाँ समिति चयन, अध्यक्षमा गोपाल दाहाल
७ बैशाख २०८२, आईतवार
चन्द्रागिरि साकोसको नयाँ सेवा केन्द्र ललितपुरको ठैबमा
७ बैशाख २०८२, आईतवार