पीडित बचतकर्तालाई न्याय दिलाउन सहकारी महासंघले समेत पहल गर्ने

काठमाडौं : राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले समस्याग्रस्त सहकारीका पीडित बचतकर्ताहरुको बचत फिर्ताका लागि सरकारसँग पहल गर्ने बताएकी छिन् ।
सहकारी महासंघको सभाहलमा आज भएको सहकारी पीडित बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका प्रतिनिधिहरूसँग छलफल गर्दै अध्यक्ष मल्लले पीडित बचतकर्तालाई न्याय दिलाउन महासंघले समेत पहल गरिदिने बताइन् .
महासंघ बचतकर्ताको साथमा रहेको र सहकारीमा जम्मा गरेको बचत पाउनु पर्नेमा आफ्नो ऐक्यवद्धता रहको उनले जनाइन् । महासंघ बाेर्ड बैठकमा पीडित बचतकर्ताको विवषमलाई एजेन्डाको रुपमा लैजाने उनले बताइन् ।
सहकारी संस्थाले गरेको ऋण असुली नहुँदा कतिपय संस्थालाई बचत फिर्ता गर्न समस्या भएकाले ऋण असुलीमा हातेमालो गर्न उनले आग्रह गरिन् । सहकारीका सञ्चालकलाई जेल हालेर मात्र बचत फिर्ता नहुने भन्दै मल्लले उनीहरुलाई जिम्मेवार बनाएर लैजानुपर्ने धारणा राखिन् ।
अध्यक्ष मल्लले बचतकर्ताहरूको रकम फिर्ता गराउने विषयलाई महासंघले गम्भीरताका साथ लिएको बताउँदै सरकारले यस सम्बन्धमा केही कदम चालिसकेको र महासंघले थप प्रभावकारी रूपमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
सहकारी पीडित बचतकर्ता संरक्षण महासंघकाअध्यक्ष कुशलभ केसीले लामो समयदेखि समस्याग्रस्त सहकारी संस्थाहरूका कारण हजारौं बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन नसकेको बताए ।
बचतकर्ताहरूको बचत सुरक्षित गर्न तथा फिर्ता पाउने अवस्था सिर्जना गर्न सरकार, महासंघ, नियमनकारी निकायहरू र सबै सरोकारवाला पक्षहरूले समन्वय गर्नुपर्नेमा उनको जोड छ ।
उनले महासंघलाई बचत फिर्ताका लागि सरकारसँग गम्भीर रूपमा पहल गरिदिन अनुरोध गरेका थिए । सहकारी क्षेत्रको विश्वसनीयता जोगाउन तथा सदस्यहरूको विश्वास पुनःस्थापित गर्न समेत मिलेर अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
उनले लामो समयदेखि बचतकर्ताले सडक सर्घष गरेको र सरकारसँग पटक पटक भएको सम्झौता कार्यान्वयन नभएकोमा गुनासो गरे । सहकारी अध्यादेशले समेत पीडित बचतकर्ताको बचत फिर्ताको विषयमा नबोलको भन्दै उनले बचत फिर्ता पाउने वातावरण बनाउन सबै पक्ष लागि दिन आग्रह गरे । आफुहरु पनि सहकारीलाई सक्ने नभई समस्या समाधान गरेर जानुपर्छ भन्ने पक्षमा रहेको केसीको भनाई छ ।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

बनेपा नगरपालिकाले सुरु गर्यो सहकारीहरुका लागि ‘सेक्योस’ अनलाइन प्रणाली
७ बैशाख २०८२, आईतवार
को-अपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा नयाँ समिति चयन, अध्यक्षमा गोपाल दाहाल
७ बैशाख २०८२, आईतवार
चन्द्रागिरि साकोसको नयाँ सेवा केन्द्र ललितपुरको ठैबमा
७ बैशाख २०८२, आईतवार