७ बुँदे साझा प्रतिबद्धता जारी गर्दै सकियो ललितपुर साकोस सिईओ वर्कसप

काठमाडौं : ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको २ दिने साकोस सीईओ वर्कसप २०८१ सम्पन्न भएको छ ।
नगरकोटको रत्नागिरी रिसोर्टमा २२ र २३ गते भएको वर्कसपमा ८० जनाको सहभागिता थियो ।
वर्कसपको उद्घाटन सत्रमा ललितपुर जिल्ला वचत संघका अध्यक्ष रामहरि बजगाईंको सभापतित्व एवं बाप्रदेश प्रदेश सरकार सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठको प्रमुख आतिथ्यता थियो ।
वर्कसपले ७ बुँदे साझा प्रतिवद्धताहरु जारी गरेको छ । त्यसैगरी गोष्ठीमा ललितपुर साकोस म्यानेजर्स क्लबको तदर्थ समिति समेत गठन गरिएको थियो ।
यस्ता छन् सात बुँदे साझा प्रतिवद्धता
१) ललितपुर जिल्लाभित्रको बचत तथा ऋण सहकारी सस्थामा मानव संशाधन बिकास गर्न व्यवस्थापन प्रशिक्षार्थीको व्यवस्था गर्न प्रतिबद्ध छौं ।
२) आफूले प्रतिनिधित्व गरेको सहकारी संस्थामा ऋणको साँवा ब्याज नतिर्ने सदस्यहरुको समस्या समाधान गर्ने पहलकदमीका लागि सबै संस्थाहरुले नीतिगत व्यवस्था गरी ऋण तिर्न नसक्ने ऋणी सदस्यसँग पुर्नवार्ता (रिनेगोसियसन) मार्फत ऋणको पुर्नसंरचना गर्ने, ऋणीसँग निरन्तर परामर्श गर्ने र ऋण असुलीमा आवश्यक सहजिकरण गर्नका लागि कार्यविधिमा आवश्यक परिमार्जन गर्नुका साथै जानाजानी ऋण नतिर्नेहरुको हकमा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन कर्जा सुचना केन्द्रको सदस्यता लिन प्रतिबद्ध छौं ।
३) सहकारी संस्थाका सदस्यहरुको लागि सहकारीप्रति सकारात्मक वातावरण निर्माणका लागि निरन्तर सहकारी शिक्षा तथा पुर्नजागरण कार्यक्रमलाई निरन्तरता दिई नियमित बचतलाई प्राथमिकतामा राखि आगामी ३ वर्षभित्र कुल वचत निक्षेपमा कम्तिमा २५ प्रतिशत नियमित बचतको अनुपात कायम गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौ ।
४) राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी हुने निर्देशन र दर्ता गर्ने मापदण्डका सन्दर्भमा जिल्लाभित्रका सरोकारवालाहरुसंग आवश्यक छलफल गरी पारित सुझावहरु सम्वन्धित निकायमा प्रदान गर्न भूमिका निर्वाह गर्नेछौ ।
५) संचालक समिति र प्रमुख कार्यकारी अधिकृतले आफ्नो जमानीमा ऋण प्रदान नगर्न साथै संस्थाले कर्मचारीको दक्षता अभिवृद्धिका लागि प्रत्येक वर्ष गत आर्थिक वर्षको कुल तलबभत्ता खर्चको कम्तिमा दुई प्रतिशत रकम तालिम तथा वृत्ति विकासमा खर्च गर्ने गरि बार्षिक योजना र बजेट बनाउन प्रतिबद्ध छांै ।
६) संस्थाले आफ्ना सदस्य सन्तुष्टि अभिवृद्धिका लागि गुणस्तरिय सेवा प्रवाह गर्न समग्र व्यबहार सुुधारका साथै व्यावसायिकता एवं संस्थागत दक्षता अभिवृद्धिका लागि प्रतिबद्धता व्यक्त गर्दछौ ।
७) संघको सदस्य संस्थाहरुको अनुगमन गरी शिघ्र सुधारका लागि सामूहिक प्रयत्नमा साथ दिनेछौं, साथै जिल्ला स्थित बचत तथा ऋण सहकारी संस्थाहरुको प्रवद्र्धन, बिकास तथा रचनात्मक कार्यका लागि सहयोग आदनप्रदान गर्न प्रतिबद्ध छौं ।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

बनेपा नगरपालिकाले सुरु गर्यो सहकारीहरुका लागि ‘सेक्योस’ अनलाइन प्रणाली
७ बैशाख २०८२, आईतवार
को-अपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा नयाँ समिति चयन, अध्यक्षमा गोपाल दाहाल
७ बैशाख २०८२, आईतवार
चन्द्रागिरि साकोसको नयाँ सेवा केन्द्र ललितपुरको ठैबमा
७ बैशाख २०८२, आईतवार