ललितपुर साकोस म्यानेजर्स क्लब गठन, संयोजकमा सन्तोष बजागाईं
२०८१ चैत २४, आईतवार

काठमाडौं : ललितपुर जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापनहरुले ललितपुर साकोस म्यानेजर्स क्लब गठन गरेका छन् । ललितपुर जिल्ला बचत संघका प्रमुख कार्यकारी अधिकृत सन्तोष बजागाईंको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
समितिमा खुत्रुकी साकोसका महेश्वर सिंखडा, इमेज साकोसकी लिना प्रधान, आयाम साकोसका गणेश नेपाल, गन्तव्य साकोसका उत्तम घिमिरे, मनीमण्डप साकोसकी जीना शाक्य, पद्मावती साकोसका बालकृष्ण महर्जन, कर्मठ सामुदायिक साकोसका कृष्णप्रसाद घिमिरे, इमाडोल साकोसका मनहरि श्रीमाली, मातृ साकोसकी शोभा सिगु र शैक्षिक विकास साकोसकी स्वीटि राजभण्डारी रहेकी छिन् ।
सहकारीका असल अध्यास आदान प्रदानका साथै कर्मचारीहरुमा तालिम तथा शिक्षा मार्फत उत्कृष्ट व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

बनेपा नगरपालिकाले सुरु गर्यो सहकारीहरुका लागि ‘सेक्योस’ अनलाइन प्रणाली
७ बैशाख २०८२, आईतवार
को-अपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा नयाँ समिति चयन, अध्यक्षमा गोपाल दाहाल
७ बैशाख २०८२, आईतवार
चन्द्रागिरि साकोसको नयाँ सेवा केन्द्र ललितपुरको ठैबमा
७ बैशाख २०८२, आईतवार