सहकारी दिवसको अवसरमा एकीकृत फ्रेण्डसिप साकोसको सुशासन सम्बन्धी तीन कार्यक्रम

दोलखा : जिरी स्थित एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले तीन वटा छुट्टा छुट्टै अन्तरक्रिया कार्यक्रम गर्दै ६८औं राष्ट्रिय सहकारी दिवस मनाएको छ । जिरी नगरपालिकासँगको सहकार्यमा ‘सहकारी सुशासनमा सदस्य, सञ्चालक र व्यवस्थापनको भूमिका’ विषयक तीन दिने कार्यक्रम आयोजना गरी सहकारी दिवस मनाएको हो।
सहकारी संस्थाहरुका सञ्चालक, लेखा सुपरिवेक्षण समिति, उपसमिति, कर्मचारी र सदस्यहरुको सहभागितामा ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने थीमका साथ सहकारी दिवसको अवसर पारेर जिरी नगरपालिकाको आयोजना र एकीकृत फ्रेण्डसिप साकोसको सहजीकरणमा उक्त अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो।
पहिलो कार्यक्रम चैत १८ गते जिरी नगरपालिका वडा नं. ९ स्थित ठूलोपातल मा.वि.को सभाहलमा त्यस वडाभित्र सञ्चालित सहकारीका ३२ जना सहकारीकर्मीको उपस्थिति र जिरी न.पा.सहकारी समन्वय समिति सदस्य कुशबहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।
त्यस्तै दोश्रो कार्यक्रम अन्तर्गत चैत १९ गते जिरी नगरपालिका वडा नं. १ मा सञ्चालित विभिन्न सहकारी संस्थाका ४० जना प्रतिनिधिको सहभागिता, जिरी न.पा. सहकारी समन्वय समितिका उपाध्यक्ष खुसबहादुर कार्कीको सभापतित्व र दोलखा जिल्ला बचत संघका अध्यक्ष भुमिराज खड्काको प्रमुख आतिथ्यतामा दोश्रो दिनको अन्तरक्रिया कार्यक्रम जिरी न.पा. वडा नं. १ को सभाहलमा सम्पन्न गरेको थियो ।
६८औं राष्ट्रिय सहकारी दिवसको मुख्य दिन चैत २० गते एकीकृत फ्रेण्डसिप साकोसको सभाहलमा जिरी नगरपालिका वडा नं. २, ४, ५ र ६ का करिब ४५ जनाको सहभागितामा जिरी नगरपालिका सहकारी समन्वय समिति सदस्य भिमबहादुर जिरेलको सभापतित्व र जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाको प्रमुख आतिथ्यतामा अन्तिम अन्तरक्रिया कार्यक्रम गर्दै ३ दिने सहकारी दिवस कार्यक्रम सम्पन्न भएको छ ।
३ दिनकै कार्यक्रमको सञ्चालन जिरी नगरपालिका सहकारी विभाग प्रमुख सानुमैया (साविन्द्रा) खड्काले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्यसहित एकीकृत फ्रेण्डसिपका नायव प्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्रीले स्वागत गरेका थिए ।
सुशासनको परिचय, महत्व, औजार र क्षेत्रको जानकारी सहित सुशासन कसरी कार्यान्वयन गर्ने र सुशासन नहुँदाका कानूनी दण्डसजायको व्यवस्था लगायतका विषयहरुमा एकीकृत फ्रेण्डसिप साकोसका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रीले आफ्नो प्रस्तुतीकरण सहित तीनै दिनको कार्यक्रमको सहजीकरण गरेका थिए । साथै कार्यक्रममा सुशासन पालनामा कुनै सम्झौता नगरिने सहभागीहरुले प्रतिवद्धता समेत व्यक्त गरेका छन । आज साँझ संस्थाले सहकारी दिवसको अवसरमा दिपालवी समेत गरेको छ ।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

बनेपा नगरपालिकाले सुरु गर्यो सहकारीहरुका लागि ‘सेक्योस’ अनलाइन प्रणाली
७ बैशाख २०८२, आईतवार
को-अपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा नयाँ समिति चयन, अध्यक्षमा गोपाल दाहाल
७ बैशाख २०८२, आईतवार
चन्द्रागिरि साकोसको नयाँ सेवा केन्द्र ललितपुरको ठैबमा
७ बैशाख २०८२, आईतवार