चन्दननाथ बहुउद्देश्यीय सहकारी कर्णाली प्रदेशकै उत्कृष्ट
काठमाडौं : जुम्लाको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कर्णाली प्रदेशकै उत्कृष्ट घोषित भएको छ।
राष्ट्रिय सहकारी महासंघले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारमा यस वर्ष कर्णाली प्रदेशबाट चन्दननाथ बहुउद्देश्यीय सहकारी उत्कृष्ट बनेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघले संयुक्त रुपमा आयोजना गरेको ६८औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ मूल समारोह कार्यक्रममा उत्कृष्ट घोषणा गरिएको थियो । महासंघका उपाध्यक्ष तथा पुरस्कार छनोट समितिका संयोजक डी.बी. बस्नेतले पुरस्कृत हुने सहकारी तथा व्यक्तिको नाम घोषणा गरेको थियो ।
राष्ट्रिय सहकारी महासंघले हरेक वर्ष राष्ट्रिय सहकारी दिवसमा पुरस्कार घोषणा गरी अन्तर्राष्ट्रिय सहकारी वर्षमा पुरस्कार प्रदान गर्ने गर्दछ ।
संस्थाको २७ हजार सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्नुका साथै सदस्यहरुले उत्पादन गरेको रैथाले बालीको संकलन तथा विक्रि गर्दै आएको छ ।
चन्दननाथ सहकारीले ‘हाम्रो अन्नदातालाई अपमान किन गर्ने ?’ भन्ने नाराका साथ सहकारीले कृषिमा आधारित सदस्यहरूलाई प्रोत्साहन गरिरहेको छ । हाल सहकारीले कर्णाली प्रदेशका विभिन्न जिल्लाहरू र बागमती प्रदेशको काठमाडौंमा संकलन केन्द्र तथा कोशेली घर स्थापना गरिसकेको छ । संस्थामा २७ हजार सदस्य आवद्ध छन् । जस मध्ये १९ हजार महिला सदस्य छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
काभ्रेमा सहकारीका लागि ऋण लगानी र असुली व्यवस्थापन तालिम, ८३ जनाको सहभागिता
१६ माघ २०८२, बिहीबार
६ बुँदे संकल्पसहित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सम्पन्न
१५ माघ २०८२, बुधबार
सहकारी पत्रकार समाजमा अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति
१३ माघ २०८२, सोमबार