१७ औं वार्षिकोत्सवमा पाँचताराको बहृत रक्तदान, १ सय १७ जना सहभागी
काठमाडौं : पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले ६८ औं राष्ट्रिय सहकारी दिवस तथा १७ औं वार्षिकोत्सवको अवसरमा आज रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
संस्थाले आयोजनामा भएको रक्तदान कार्यक्रममा १ सय १७ जना रक्तदाताले रक्तदान गरेका थिए । भक्तपुर रेडक्रस सोसाइटीकोे प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । संस्थाले हरेका बर्ष ‘रक्तदान जीवन दान’ भन्ने नारालाई सार्थक बनाउन रक्तदान कार्यक्रम गर्दै आएको छ । रक्तदाताहरुलाई प्रमाण पत्र र टि सट प्रदान गरिएको थियो ।

रक्तदान कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्र ढकाल, ब्लड डोनर्स एशोसिएसन नेपाल,काठमाडौंका जिल्ला शाखा अध्यक्ष तिलक अधिकारी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । अथितीहरुले रक्तदातालाई प्रमाण पत्र प्रदान गरेका थिए ।
संस्थाका अध्यक्ष भोला नाथ पाठकले संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत सहकारी दिवसको अवसरमा हरेक बर्ष रक्तदान गर्दै आएको बताए । रक्तदान सम्बन्धी जनचेतना अभिवृद्धि गर्न संस्थाले विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको उनको भनाई छ ।
संस्थाले आयोजना गरेको रकदान कार्यक्रममा सहभागी पाँच पटक भन्दा बढी रक्तदान गर्ने व्यक्तिहरुलाई चाँदीको सिक्का र दोसल्लाले ओढाएर सम्मान गर्ने गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
कोअपरेटिभ म्यानेजर्स क्लव, स्याङ्जाको अध्यक्षमा शिव वाग्ले
३० बैशाख २०८३, बुधबार
सहकारी मन्त्रालयका सचिव भुजेललाई प्राधिकरण अध्यक्षको जिम्मेवारी
३० बैशाख २०८३, बुधबार
सहकारी पत्रकारितामा दक्षता बढाउन बागमती प्रदेशका ४० पत्रकार एकै ठाउँमा
२८ बैशाख २०८३, सोमबार