विकू बचतको पुजा सेवा केन्द्रबाट पनि एटीएम तथा ३६५ दिने सेवा
रत्ननगर (चितवन) : विकू बचत तथा ऋण सहकारी संस्थाको रत्ननगर स्थित पुजा सेवा केन्द्रमा एटीएम तथा ३६५ दिने सेवा उद्घाटन गरिएको छ । संस्थाले सदस्यहरुमा सेवा थप गर्ने क्रममा पुजा सेवा केन्द्रमा एटीएम तथा ३६५ दिने सेवा सञ्चालनमा ल्याएको हो ।
रत्ननगर वडा नं १ बकुलहर स्थित सेवा केन्द्रमा आयोजित एक औपचारिक कार्यक्रमका बीच सहकारीका अध्यक्ष प्रेमप्रसाद सापकोटाले एटीएम तथा ३६५ दिने सेवाको उद्घाटन गरेका हुन् । सो अवसरमा उनले संस्था स्थापनाको लामो समयदेखि सरकारीले शेयर सदस्यको हितमा काम गर्दैै नीति, विधि र प्रविधिलाई आत्मसाथ गरेको बताए । शेयर सदस्यहरुलाई उत्पादनमुलक क्षेत्रमा प्रोत्सहान गर्ने गरी कर्जा लगानी गरिरहेको भन्दै उनले आर्थिक कारोबारसँगै गरिबी निवारण केन्द्रीत कार्यक्रम सञ्चालन भइरहेको बताए । उनले सुचना प्रविधिको विकाससंगै संस्थाले सेवालाई प्रविधिमैत्री बनाउदै लगेको बताए ।

संस्थाका उपाध्यक्ष कालिदास पौडेलले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक कमल सुवेदी, केन्द्रीय उपसमिति सदस्य सदानन्द उपाध्याय, गोकुलप्रसाद भट्ट, स्वागत सेवा केन्द्र संयोजक रामचन्द्र दुवाडी, पुजा सेवा सेवा केन्द्रकी संयोजक संगिता शर्मा आचार्य लगायतले मन्तव्य राखेका थिए ।
२०४८ सालमा स्थापना भएको सो सहकारीमा १ लाख २३ हजार, ६८७ जना शेयर सदस्यहरु रहेको नारायणी क्षेत्रीय प्रमुख सुरज लौडारीले जानकारी दिए । विकू बचत र पुजा बचत बीच २०७८ साल पौष १ गते समायोजन भइ रत्ननगरमा पुजा सेवा केन्द्रका रुपमा सञ्चालनमा रहेको छ । सो सहकारीले हालसम्म २५ वटा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ भने केन्द्रीय कार्यालयसहित अन्य आठ वटा सेवा केन्द्रमा एटीएम सेवा सञ्चालनमा ल्याएको क्षेत्रीय प्रमुख लौडारीले जानकारी दिए ।
संस्थाको सेयर पुँजी ८५ करोड ४७ लाख ४१ हजार रहेको छ । जगेडा कोषमा ७५ करोड १० लाख ९७ हजार, विभिन्न कोषहरुमा ६ करोड ९८ लाख ४८ हजार, कुल संस्थागत पुँजी ८६ करोड ९० लाख ८९ हजार रहेको छ ।
बिकू बचतले ८ अर्ब ७ करोड ३४ लाख ८४ हजार बचत संकलन गरी ६ अर्ब ९४ करोड ५५ लाख ७१ हजार ऋण लगानी गरेको छ । संस्थासँग २ अर्ब ७८ करोड १६ लाख ३२ हजार तरलता रहेको छ ।
संस्थाको कुल सम्पत्ती १० अर्ब ३४ करोड २६ लाख २१ हजार रहेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार