एमबैंकद्वारा सहकारी दिवसको अवसरमा थप नयाँ सेवा सुरु
काठमाडौं : ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा एम बैंकले इसेवा रेमिट, समसारा, आईएमई रेमिट, सिटी रेमिट, मिस्ड कल बैंकिङ र इन्टरअपरेबल क्यूआर सेवा शुभारम्भ गरेको छ ।
यी सेवाहरू विशेष गरी सहकारी सदस्यहरू तथा आम समुदायलाई वित्तीय पहुँच र सहजता प्रदान गर्नका लागि डिजाइन गरिएको एम बैंकले जनाएको छ । इसेवा रेमिट, समसारा र आईएमई रेमिट, सिटी रेमिटको सुरुवात संगै अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा छिटो, सुरक्षित र भरपर्दो रूपमा पैसा प्राप्त गर्न सहज हुनेछ।
वित्तीय समावेशितालाई प्राथमिकता दिँदै सहकारी सदस्यहरू तथा सर्वसाधारणलाई आर्थिक स्थायित्व र समृद्धिमा टेवा पुर्याउने कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सञ्जय महासेठले जानकारी दिए ।
‘मिस्ड कल बैंकिङ सेवा एक नवीनतम सुविधा हो जसले ग्राहकहरूलाई झन्झटरहित बैंकिङ अनुभव प्रदान गर्दछ’, महासेठले भने, ‘ग्राहकहरूले तोकिएको नम्बरमा मिस्ड कल मात्र गरी आफ्नो खाता विवरण, मिनी स्टेटमेन्ट तथा अन्य आवश्यक बैंकिङ जानकारी प्राप्त गर्न सक्नेछन् । जसले सहकारीको शाखामा जानुपर्ने झन्झटलाई कम गर्नेछ । बिना मोबाइल एप र स्मार्ट मोबाइल बिना पनि बैंकिङ सुबिधा प्राप्त गर्न सकिने छ’
त्यस्तै, इन्टरअपरेबल क्यूआर सेवाले डिजिटल भुक्तानीलाई अझ सहज बनाउनेछ । अब ग्राहकहरूले कुनै पनि बैंक तथा भुक्तानी सेवा प्रदायकका क्यूआर कोड स्क्यान गरी सहज रूपमा भुक्तानी गर्न सक्नेछन् । जसले वित्तीय कारोबारलाई थप द्रुत, सरल र समावेशी बनाउनेछ।
‘हामी वित्तीय नवाचारमार्फत समुदायलाई सशक्त बनाउन प्रतिबद्ध छौं । यी सेवाहरूको शुभारम्भले सबैका लागि पहुँच योग्य र सुरक्षित वित्तीय समाधान प्रदान गर्ने हाम्रो लक्ष्यलाई अझ मजबुत बनाउनेछ। राष्ट्रिय सहकारी दिवसको यस अवसरमा हामी सहकारी सदस्यहरू तथा आम जनताको सेवा गर्न कटिबद्ध छौं।’
यी नयाँ सेवाहरूले डिजिटल बैंकिङको महत्व झल्काउँदै वित्तीय पहुँच विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याउनेछन् । विशेष गरी दुर्गम र पिछडिएका क्षेत्रहरूमा वित्तीय स्थायित्वमा यी सेवाहरू लाभदायक हुने विश्वास कम्पनीले लिएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको राजीनामा
२९ फाल्गुन २०८२, शुक्रबार
चैत ५ देखि विकू बचतको प्रविधि साक्षरता तथा सदस्य सर्वेक्षण, ८१ प्रशिक्षार्थीलाई अभिमुखीकरण
२८ फाल्गुन २०८२, बिहीबार
बागमती प्रोस्कूनको आयोजनामा कोशिस चौथो समूहको ‘वी क्यान वर्कशप’ सम्पन्न
२८ फाल्गुन २०८२, बिहीबार