एमबैंकद्वारा सहकारी दिवसको अवसरमा थप नयाँ सेवा सुरु

काठमाडौं : ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा एम बैंकले इसेवा रेमिट, समसारा, आईएमई रेमिट, सिटी रेमिट, मिस्ड कल बैंकिङ र इन्टरअपरेबल क्यूआर सेवा शुभारम्भ गरेको छ ।
यी सेवाहरू विशेष गरी सहकारी सदस्यहरू तथा आम समुदायलाई वित्तीय पहुँच र सहजता प्रदान गर्नका लागि डिजाइन गरिएको एम बैंकले जनाएको छ । इसेवा रेमिट, समसारा र आईएमई रेमिट, सिटी रेमिटको सुरुवात संगै अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा छिटो, सुरक्षित र भरपर्दो रूपमा पैसा प्राप्त गर्न सहज हुनेछ।
वित्तीय समावेशितालाई प्राथमिकता दिँदै सहकारी सदस्यहरू तथा सर्वसाधारणलाई आर्थिक स्थायित्व र समृद्धिमा टेवा पुर्याउने कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सञ्जय महासेठले जानकारी दिए ।
‘मिस्ड कल बैंकिङ सेवा एक नवीनतम सुविधा हो जसले ग्राहकहरूलाई झन्झटरहित बैंकिङ अनुभव प्रदान गर्दछ’, महासेठले भने, ‘ग्राहकहरूले तोकिएको नम्बरमा मिस्ड कल मात्र गरी आफ्नो खाता विवरण, मिनी स्टेटमेन्ट तथा अन्य आवश्यक बैंकिङ जानकारी प्राप्त गर्न सक्नेछन् । जसले सहकारीको शाखामा जानुपर्ने झन्झटलाई कम गर्नेछ । बिना मोबाइल एप र स्मार्ट मोबाइल बिना पनि बैंकिङ सुबिधा प्राप्त गर्न सकिने छ’
त्यस्तै, इन्टरअपरेबल क्यूआर सेवाले डिजिटल भुक्तानीलाई अझ सहज बनाउनेछ । अब ग्राहकहरूले कुनै पनि बैंक तथा भुक्तानी सेवा प्रदायकका क्यूआर कोड स्क्यान गरी सहज रूपमा भुक्तानी गर्न सक्नेछन् । जसले वित्तीय कारोबारलाई थप द्रुत, सरल र समावेशी बनाउनेछ।
‘हामी वित्तीय नवाचारमार्फत समुदायलाई सशक्त बनाउन प्रतिबद्ध छौं । यी सेवाहरूको शुभारम्भले सबैका लागि पहुँच योग्य र सुरक्षित वित्तीय समाधान प्रदान गर्ने हाम्रो लक्ष्यलाई अझ मजबुत बनाउनेछ। राष्ट्रिय सहकारी दिवसको यस अवसरमा हामी सहकारी सदस्यहरू तथा आम जनताको सेवा गर्न कटिबद्ध छौं।’
यी नयाँ सेवाहरूले डिजिटल बैंकिङको महत्व झल्काउँदै वित्तीय पहुँच विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याउनेछन् । विशेष गरी दुर्गम र पिछडिएका क्षेत्रहरूमा वित्तीय स्थायित्वमा यी सेवाहरू लाभदायक हुने विश्वास कम्पनीले लिएको छ।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

बनेपा नगरपालिकाले सुरु गर्यो सहकारीहरुका लागि ‘सेक्योस’ अनलाइन प्रणाली
७ बैशाख २०८२, आईतवार
को-अपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा नयाँ समिति चयन, अध्यक्षमा गोपाल दाहाल
७ बैशाख २०८२, आईतवार
चन्द्रागिरि साकोसको नयाँ सेवा केन्द्र ललितपुरको ठैबमा
७ बैशाख २०८२, आईतवार