७ वैशाख २०८२, आईतवार

राष्ट्रिय सभा गृहमा ६८औं राष्ट्रिय सहकारी दिवसको भव्य कार्यक्रम हुँदै

२०८१ चैत १९, मङ्गलबार
राष्ट्रिय सभा गृहमा ६८औं राष्ट्रिय सहकारी दिवसको भव्य कार्यक्रम हुँदै

काठमाडौं : भोली अर्थात् चैत्र २० गते ६८औं राष्ट्रिय सहकारी दिवस । ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा नेपाल सरकार र सहकारी अभियानको संयुक्त कार्यक्रम भोली हुँदैछ ।

‘मर्यादित सहकारीः समुन्नत समाज’ को थीमलाई आत्मसाथ गर्दै ६८औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ भव्य रुपमा मनाउने राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले जानकारी दिइन ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको अध्यक्षतामा हुने कार्यक्रमको प्रमुख अतिथिको रुपमा कार्यवाहक प्रधानमन्त्री तथा शहरी विका मन्त्री प्रकाशमान सिंह रहेका छन् ।

राष्ट्रिय सहकारी दिवस एवम् अन्तराष्ट्रिय सहकारी वर्ष मनाउन १५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको थियो भने २५ सदस्यीय कार्य व्यवस्थापन समिति समेत गठन गरिएको थियो । मूल समारोहको संयोजकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र सहसंयोजकमा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ल रहेकी छिन् ।

कार्य व्यवस्थापन समितिको संयोजक रजिस्ट्रार उमेश ढुंगाना छन् ।

समारोहमा सहकारी गानको सार्वजनिकीकरण, सहकरी वर्ष लोगो अनावरण, पुरस्कार घोषणा, साँस्कृतिक कार्यक्रम, थीम सार्वजनिकीकरण लगायतका विविध गतिविधिहरु आयोजना हुनेछन् ।

अभिलेख

लोकप्रिय