७ वैशाख २०८२, आईतवार

सहकारी दिवसको अवसरमा सगुन साकोसद्वारा आमाबुबालाई मिष्ठान्न भोजन

२०८१ चैत १९, मङ्गलबार
सहकारी दिवसको अवसरमा सगुन साकोसद्वारा आमाबुबालाई मिष्ठान्न भोजन

सर्लाही : ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सगुन बचत तथा ऋण सहकारी संस्थाले पद्म-भुुवनेश्वरी नमुना बृद्ध सेवाश्रम लालबन्दी-२, जुटपानीमा ६० जना आमाबाबुलाई मिष्ठान्न भोजन गराएको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै संस्थाको उपाध्यक्ष राज कुमार उप्रेती र लेखा सुपेरिवेक्षण समिति संयोजक जय शंकर सिंहको नेतृत्वमा सञ्चालक, लेखा समिति, सल्लाहकार तथा शिक्षा समिति, युवा समिति र कर्मचारी गरी १४ जना शिहान ९ः०० बजे सेवाश्रम पुगी मिष्ठान्न सहितको विहानी समयको भोजन गराएको हो ।

सेवाश्रम सञ्चालक बासुदेव कोईराला र भवानी कोईरालाई संस्थाको तर्फबाट उपाध्याक्ष उप्रेती र लेखा सुपेरिवेक्षण समिति संयोजक सिंहले संयुक्त रुपमा मिष्ठान्न भोजन हस्तान्तरण गरेका थिए।

अभिलेख

लोकप्रिय