१८ भदौ २०८३, बिहिबार

ग्लोबल मनी विकमा आयोजित कार्यक्रमको फोटो र विवरण पठाउन सहकारी विभागको अनुरोध

२०८१ चैत ६, बुधबार
ग्लोबल मनी विकमा आयोजित कार्यक्रमको फोटो र विवरण पठाउन सहकारी विभागको अनुरोध

काठमाडौं : सहकारी विभागले ग्लोबल मनी विक २०२५ को अवसरमा आयोजना गरेको वित्तीय साक्षरताका कार्यक्रमहरुको फोटोसहितका विवरण पठाउन सहकारीहरुलाई अनुरोध गरेको छ।

विभागले सूचना जारी गर्दै वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरी ग्लोबल मनी विक उत्साहपूर्ण मनाउन समेत देशभरका सहकारीलाई अनुरोध गरेको छ ।

ग्लोबल मनी विकको अवसरमा देशभरका सहकारीहरुले विविध कार्यक्रमहरु आयोजना गरी भव्य रुपमा मनाउँदै आएको छ।

नेपाल राष्ट्र बैंकको मार्गदर्शनमा नेपालमा यहि चैत्र ४ देखि १० गतेसम्म १३ औं श्रृंखलाको ग्लोबल मनी वीक २०२५ सञ्चालन भईरहेको छ । बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, शीप मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्धेश्यका साथ Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोवल मनी वीक (Global Money Week-GMW) विश्वभर मनाउँदै आएको छ ।

यस वर्षको नाराका रूपमा “Think before you follow, wise money tomorrow” रहेको छ ।

अभिलेख

लोकप्रिय