‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा पोखरा रोयल साकोसको विद्यार्थी लक्षित वित्तीय साक्षरता

कास्की : ‘सुखी सदस्य, दिगो सहकारी’को परिकल्पनासहित विगत दुई दशकदेखि क्रियाशिल पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा विद्यार्थी लक्षित वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गरेको छ।
सप्ताहको पहिलो दिन पोखरा १७ तल्लो बिरौटा स्थित फिस्टेल एकेडेमीमा अध्ययनरत ६१ जना बालबालिकाहरुलाई वित्तीय साक्षरता विषयमा प्रशिक्षण गराईएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङ्गले बालबालिकाहरुलाई सानै उमेरबाट पैसाको महत्व, वित्तीय अनुशासन, बचत गर्ने तरिका, पारिवारिक बजेट, मान्छेको आवश्यकता र चाहनाको बारेमा सिकाउनु पर्ने बताए।
संस्थाका व्यवसाय विकास अधिकृत अभिषेक गुरुङ्गले वित्तीय साक्षरता विषयमा प्रशिक्षण दिएका थिए भने यस अवसरमा विधार्थीहरुसँग अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा फिस्टेल एकाडेमीका सहायक प्राचार्य कमल लामिछानेले सहकारीको यसखाले कार्यक्रम अत्यन्तै समसामयिक र उपलब्धीमूलक रहेको र यसबाट विधार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको बताए । यस अवसरमा संस्थाले विधार्थीहरुमा बचतको बानी बसाल्न ‘सेभिङ्ग बक्स’ समेत उपलब्ध गराईएको थियो ।
नेपाल राष्ट्र बैंकको मार्गदर्शनमा नेपालमा यहि चैत्र ४ देखि १० गतेसम्म १३ औं श्रृंखलाको ग्लोबल मनी वीक २०२५ सञ्चालन भईरहेको छ । बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, शीप मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्धेश्यका साथ Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोवल मनी वीक (Global Money Week-GMW) विश्वभर मनाउँदै आएको छ ।
यस वर्षको नाराका रूपमा “Think before you follow, wise money tomorrow” रहेको छ । पोखरा रोयल सहकारीले विगतका वर्षहरुमा समेत विभिन्न विधालय र कलेजहरुमा अध्ययनरत विधार्थीहरुसंग यो दिवसलाई भव्यताका साथ मनाउँदै आएको र यस वर्ष समेत सप्ताहभरि विविध गतिविधीका साथ कार्यक्रम सञ्चालन गरिने संस्थाका सूचना अधिकारी मीलन ढकालले बताए।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

बनेपा नगरपालिकाले सुरु गर्यो सहकारीहरुका लागि ‘सेक्योस’ अनलाइन प्रणाली
७ बैशाख २०८२, आईतवार
को-अपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा नयाँ समिति चयन, अध्यक्षमा गोपाल दाहाल
७ बैशाख २०८२, आईतवार
चन्द्रागिरि साकोसको नयाँ सेवा केन्द्र ललितपुरको ठैबमा
७ बैशाख २०८२, आईतवार