अकूका प्रमुख कार्यकारी अधिकृत सहितको टोली चन्द्रागिरि साकोसमा

काठमाडौं : एशियाली ऋण महासंघ (अकू)का प्रमुख कार्यकारी अधिकृत एलिनिता भि सानरोके, प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराची र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटासहितको टोलीले चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको स्थलगत भ्रमण गरेका छन् ।
शुक्रबार भएको भ्रमणको क्रममा सहकारी अभियानको प्रवद्र्धन, संस्थाहरुको सवलीकरण र दिगो सञ्जालीकरण र सदस्यहरुलाई आर्थिक रुपले सृद्धढ बनाउने विषयमा छलफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।
संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले टोलीलाई स्वागत गर्दै भ्रमणले चन्द्रागिरिको दिगो विकास र नेपालको साकोस अभियानलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे। उनले सहकारी मूल्य, सिद्धान्त तथा व्यवसायिक सञ्चालनलाई प्रभावकारी बनाउन आकु र नेफ्स्कुनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।
अकूका प्रमुख कार्यकारी अधिकृत लेनीले एशियाली बचत तथा ऋण सहकारी संस्थाहरुको सशक्तिकरणमा एशियाली ऋण महासंघको भूमिका रहने कुरा दोहाेर्याउँदै सहकारीहरु विचको सहकार्य, संस्थाको वित्तीय सुरक्षा र सदस्य केन्द्रित सेवाले दिगो साकोस निर्माण र वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्ने कुरामा जोड दिईन ।
त्यसैगरी अकूका प्रमुख प्राविधिक अधिकृत रञ्जितले सहकारीहरुलाई प्राविधि मैत्री बनाउन आवश्यक कदमहरुको बारे धारणा राखेका थिए । नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले नेपालमा साकोस अभियानलाई थप प्रभावकारी बनाउन केन्द्रीय संघ र प्रारम्भिक संस्थाविचको सहकार्य प्रभावकारी हुनुपर्ने र चन्द्रागिरि साकोसलाई महत्वका साथ राष्ट्रिय अन्तराष्ट्रिय संघसंस्थाहरुले नियालीरहेको विचार व्यक्त गरे ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले संस्थाको गतिविधि योजना र प्राथमिकताहरुको बारेमा प्रस्तुतीकरण राख्दै चन्द्रागिरि साकोसले वित्तीय स्थिरता, सदस्यहरुको समुन्नती, सुशासन र समुदायको विकास अवको प्राथमिकताको क्षेत्र रहेको विषयमा प्रकाश पारेका थिए।
लेखा सुपरिवेक्षण समितिको संयोजक भानु प्रकाश ढकालले अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्दै अभियानलाई मजबुत बनाउन यस भ्रमण फलदायी हुने विश्वास व्यक्ति गरेका थिए ।
कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी र उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता थियो।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

बनेपा नगरपालिकाले सुरु गर्यो सहकारीहरुका लागि ‘सेक्योस’ अनलाइन प्रणाली
७ बैशाख २०८२, आईतवार
को-अपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा नयाँ समिति चयन, अध्यक्षमा गोपाल दाहाल
७ बैशाख २०८२, आईतवार
चन्द्रागिरि साकोसको नयाँ सेवा केन्द्र ललितपुरको ठैबमा
७ बैशाख २०८२, आईतवार