६८औं राष्ट्रिय सहकारी दिवसको थिम ‘मर्यादित सहकारी: समुन्नत समाज’
काठमाडौं : राष्ट्रिय सहकारी महासंघ, नेपालले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने मूल थिम तय गरेको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले उक्त थिम सार्वजनिक गरेको हो । यस वर्षको थिमले सहकारी संस्थाहरूलाई पारदर्शिता, उत्तरदायित्व तथा सुशासनका आधारमा मर्यादित र अनुशासित रुपमा सञ्चालन गरी मुलुकको समुन्नत समाज निर्माणमा योगदान गर्नुपर्ने सन्देश दिने महासंघकी अध्यक्ष ओमदेवी मल्लले जानकारी दिइन्।
महासंघ मुलुकभरका सहकारी संघ/संस्थाहरू, सरोकारवालाहरू तथा सम्पूर्ण सहकारी अभियन्ताहरूलाई ६८औं राष्ट्रिय सहकारी दिवसमा तय गरिएको थिममा आधारित रहेर भव्य रूपमा मनाउन र बर्षभरिका क्रियाकलाप सम्पन्न समेत आह्वान गरेको छ ।
करिब ३२ हजार भन्दा बढी सहकारी संघ/संस्थाहरूमा आवद्ध ७३ लाखभन्दा बढी सदस्यको विशाल नेटवर्क रहेको अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउन, वित्तीय पहुँच विस्तार गर्न तथा आर्थिक समृद्धि प्रवद्र्धन गर्दै समुन्नत समाज निर्माणमा खेलको भूमिका उजागर गर्ने बर्षका रुपमा समेत दिवस मनाउने गरिएको छ ।
यस वर्षको राष्ट्रिय सहकारी दिवस विशेष रूपमा महत्वपूर्ण रहेको जनाइएको छ । अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ विश्वभर मनाइरहेको सन्दर्भमा महासंघले संघीय सरकारसँग सहकार्य गर्दै दिवसलाई भव्य र सन्देशमूलक रूपमा मनाउने योजना बनाएको छ ।
नेपालमा सहकारी अभियानको औपचारिक थालनी वि.सं. २०१३ साल चैत २० गतेदेखि भएको मानिन्छ । सोही ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्ष चैत २० गतेलाई ‘राष्ट्रिय सहकारी दिवस’ का रूपमा मनाउने परम्परा रहिआएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार