बचत संघहरु समेत स्तरिकरण कार्यक्रममा आवद्ध, पहिलो ‘वी क्यान वर्कशप’ सम्पन्न

काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघले सुशासन र दिगोपनका लागि बागमती प्रदेश सरकारसँगको सहकार्यमा सञ्चालित स्तरिकरण कार्यक्रम कोशिस कार्यक्रमको विषयगत संघ समूह (जिल्ला बचत तथा ऋण सहकारी संघहरुको) पहिलो सार्थक एवम् नविनतम व्यवस्थापन कार्यशाला गोष्ठि सम्पन्न गरेको छ।
गोष्ठि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजना तथा बागमती प्रोस्कूनको प्राविधिक सहयोगमा आयोजना भएको थियो । जिल्ला बचत तथा ऋण सहकारी संघ भक्तपुरका अध्यक्ष कृष्ण गोविन्द लाखाजुको अध्यक्षता एवं बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा बागमती प्रोस्कूनसहित १० वटा जिल्ला बचत तथा ऋण सहकारी संघहरुको सहभागिता थियो ।
संघहरुलाई समेत स्तरिकरण कार्यक्रममा समावेश गराएर सुशासनको अभ्यासमा सहकार्य गर्ने उद्देश्यका साथ सञ्चालित विषयगत संघहरुको पहिलो कार्यशाला नेपालको सहकारी ईतिहासकै पहिलो ईतिहास रचेको बिचार राख्दै संघका उपाध्यक्ष हरिकृष्ण बल्लले स्वागत मन्तव्य राखेका थिए ।
त्यस्तै बागमती प्रोस्कूनका उपाध्यक्ष कल्पना श्रेष्ठले लामो प्रयासपछि संघहरु समेत स्तरिकरण कार्यक्रममा समावेश भई संस्थागत सुशासनमा सक्रिय भई माताहतका संस्थाहरुलाई आफ्नै उदाहरण दिन सकिने बन्न मार्गप्रसस्त गरिएको विचार राखेकी थिईन ।
त्यस्तै बागमती प्रोस्कूनका अध्यक्ष सापकोटाले अरुलाई सिकाउन पहिले आफू दक्ष हुनुपर्ने र त्यसैका लागि संयुक्त सिकाईलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विषयगत संघहरुको लागि यो कार्यक्रम विकास गरिएको विचार राखे ।
कार्यक्रमको मोड्युल अनुसार प्रत्येक कार्यशालामा एक नविनतम विषयमा अनुशिक्षण गर्ने सन्दर्भमा बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले व्यक्तिगत क्षमता विकासका लागि धारणा निर्माण विषयमा अनुशिक्षण गरेका थिए। कार्यक्रममा दाहालले प्रतिस्थापन विद्ययेक र प्रदेश सरकारसँग साझेदारीमा सम्पन्न हुन गईरहेको गोष्ठिको विषयमा समेत छलफल गरेका थिए ।
भक्तपुर जिल्लाको परिचयसहित जिल्ला बचत तथा ऋण सहकारी संघले समग्र सहकारी अभियानमा खेलेको भूमिका र उपलव्ध सम्बन्धि संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुको प्रस्तुतीकरणबाट शुरु भएको कार्यक्रममा १० वटै जिल्ला संघसहित बागमती प्रोस्कूनको प्रस्तुतीकरणमार्फत संघहरुको वित्तीय तथा गैर वित्तीय गतिविधीहरुको प्रस्तुतीकरण गरेका थिए ।
स्तरिकरण कार्यक्रमका चार दृष्टिकोण वित्तीय दृष्टिकोण, आन्तरिक व्यवसायिकरणको दृष्टिकोण, सिकाई र वृद्धिको दृष्टिकोण र सदस्य दृष्टिकोणमा आधारित भई प्रस्तुतीकरण गरिएको थियो । प्रस्तुतीकरणहरु उपर बागमती प्रोस्कुनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दहालले पृष्टपोषण गरेका थिए ।
प्रदेशको साझा सम्पत्ति स्वरुप तीन वटा विशिष्टीकृत विषयका पाठ्यक्रम तयार गर्ने, साझा कार्यविधी तयार गर्ने प्रतिवद्धता गर्दै काठमाडौँ जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) को आयोजनामा असारको पहिलो सातामा दोश्रो कार्यशाला आयोजना गर्ने निर्णय समेत गरेको छ।
अभिलेख
लोकप्रिय

नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबार
सहकारी सञ्जालको ५३औं बैठक: समसामयिक मुद्दा, चुनौती र समस्या समाधानमा छलफल
२८ श्रावण २०८१, सोमबार
आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ
२३ बैशाख २०८१, आईतवारRecent Posts


एकीकृत फ्रेण्डसिप साकोसको ३३औं स्थापना दिवस समारोह सम्पन्न
२ चैत्र २०८१, आईतवार
राष्ट्रिय सहकारी बैंकको दमक शाखा स्थानान्तरण
२ चैत्र २०८१, आईतवार