मध्यविन्दु-१, पूर्ण ‘विकू सदस्य’ वडा घोषणा
गैंडाकोट (नवलपुर) : विकू बचत तथा ऋण सहकारी संस्थाले मध्यविन्दु-१, लाई पूर्ण ‘विकू सदस्य’ वडा घोषणा गरेको छ । मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले एक कार्यक्रमको बीच ‘पूर्ण विकू सदस्य वडा’ घोषणा गरेका हुन् ।
यस अघि गैंडाकोट नगरपालिका वडा नं. ९ लाई पनि ‘पूर्ण विकू सदस्य वडा’ घोषणा गरिएको थियो ।
मध्यविन्दु-१, का ९५ दशमलब १ प्रतिशत घर परिवारका सदस्य विकू सहकारीमा सदस्य बनेकोले वडालाई पूर्ण विकू सदस्य वडा घोषणा गरिएको संस्थाका सचिव गोविन्द कँडेलले जानकारी दिए ।
मध्यविन्दु वडा नम्बर १ मा १ हजार ६३ घरधुरि रहेकोमा १ हजार ११ घरधुरीका सदस्य विकू वचत तथा ऋण सहकारीमा आवद्ध छन् । विकूको यस सेवा केन्द्रमा ५ हजार शेयर सदस्य, २५ करोड ऋण लगानी, ४० करोड पुँजी रहेको विकु साकोसका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले जानकारी दिए ।
घोषणा कार्यक्रममा बोल्दै मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले विकू विश्वासिलो र गर्विलो संस्था भएको बताए। साथै नगरपालिकाले आगामी दिनमा पनि सहकार्य समन्वय र अन्तरक्रिया गर्दै अगाडी बढ्ने बताए।
मध्यविन्दु नगरपालिकाका नगर उपप्रमुख पुर्णकला चौधरीले मध्यविन्दु १ भाग्यमानी वडा भएको बताईन ।
विकू सहकारीका अध्यक्ष प्रेमप्रसाद सापकोटा (राजु)ले आर्थिक अनुशासन, चेतना, असल बानी, आहार, व्यवहार र सङ्गतले मानिसलाई चिनाउने बताए ।
विकू साकोसका प्रमुख कार्यकारी अधिकृत पौडेलले पूर्ण विकू सदस्य वडा घोषणापछि तालिम वित्तीय साक्षरता तालिम, सहुलियत दरमा ऋण लगानी, सचेतना, व्यवसायिक तालिम योग ध्यानका शिविर, प्लास्टिक रहित घर, योजना निर्माणमा सहयोग, खेलकुद र युवा कार्यक्रम , दीर्घ रोगको उपचारमा सहयोग लगायतका कार्यक्रम विकुले गर्ने बताए ।
मध्यविन्दु १ का वडाध्यक्ष तिलकराम न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संघ नवलपुरका अध्यक्ष बद्री नेपाल, विकू सहकारीका लेखा सुपरिवेक्षण समितिका संयोजक कमल सुबेदी, संस्थापक अध्यक्ष खेमराज सापकोटा, मध्यविन्दु नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मान बहादुर महतो, मध्यबिन्दु वडा नम्बर १ का वडा सदस्य जीवन गिरि, मध्यविन्दुका विभिन्न वडाका जनप्रतिनिधि, विकू नवलुम्बिनी सेवा केन्द्रका संयोजक बसन्तराज गिरि र चिरञ्जीवी काफ्लेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
विकूले नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम) र चितवनका गरी १४३ वडामा २४ वटा सेवा केन्द्रमार्फत करिब १ लाख ३० हजार सदस्यलाई वित्तीय तथा गैरवित्तीय कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममा विकूका उपाध्यक्ष कालिदास गौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार