सहकारी व्यवस्थापक फोरम दोलखाको अध्यक्षमा दिपक बस्नेत
दोलखा : सहकारी व्यवस्थापक फोरम (सीएमएफ दोलखा) को अध्यक्षमा दिपक बस्नेत चयन भएका छन्।
दोलखा जिल्ला भित्रका सहकारीमा कार्यरत व्यवस्थापकहरुको शनिबार भएको भेलाले बस्नेतलाई अध्यक्षमा चयन गरेको हो । बस्नेत हाम्रोजनकल्याण बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन् ।
त्यसैगरी उपाध्यक्षमा रमेशचन्द्र बस्नेत, सचिवमा नवराज दाहाल रकोषाध्यक्षमा रामकृष्ण रायक्षेत्री चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मन कुमार श्रेष्ठ, नविन काफ्ले, सुरेशराज खतिवडा, उदय कटुवाल, प्रल्हाददाहाल, सुन्दरी गौतम, चुडामणी घिमिरे, शिवहरी सिवाकोटी, अम्बिका के.सी., राजकुमार दाहाल र राजकुमार शिवभक्ति सर्वसम्मत रुपमा चयनभएका हुन्।
सीएमएफ दोलखा संयोजक इश्वर न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्षजिवसराज खड्का, जिल्ला सहकारी संघका दोलखाका अध्यक्ष देवी प्रसाद शर्मा फुयाँल, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्षभूमिराज खड्का लगायत जिल्लामा रहेका सहकारी संस्थाका व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।
२०७६ सालमा सिएमएफ दोलखा गठन भएको र उक्त संस्थाले जिल्लामा रहेका व्यवस्थापकहरुको क्षमता अभिवृद्धि र संस्थाहरुको सुशासनप्रवर्धनमा सहयोग पुर्याउँदै आएको जिल्ला संघका अध्यक्ष फुयाँलले बताए ।
सिएमएफ दोलखा जिल्ला संघभित्र रहने भन्दा पनि छुट्टै संस्थाको रुपमा दर्ता गरेर जाने गरी अगाडि बढेको उनले जनाए । त्यसका लागि आवश्यकविधानको ढाँचा तयार गरेको र पहिलो भेलाले उक्त ढाँचालाई पारित गरेको उनको भनाई छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार