१९ भदौ २०८३, शुक्रबार

पाँच महिला उद्यमी सदस्यलाई सगुन साकोसको सम्मान

२०८१ फागुन २४, शनिवार
पाँच महिला उद्यमी सदस्यलाई सगुन साकोसको सम्मान

सर्लाही : सगुन बचत तथा ऋण सहकारी संस्थाले  ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर पाँच जना उद्यमी महिला सदस्यलाई सम्मान गरेको ।

संस्थाको महिला उपसमितिको आयोजनमा भएको कार्यक्रममा `सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता सशक्तिकरण´ भन्ने मुलनाराको परिवेशमा अन्तरक्रिया समेत गरेको थियो ।

उपसमितिकी संयोजक बाला कुमारी थापा मगर खड्काको अध्यक्षता एवं हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा महिला सशक्तिकरण सम्बन्धी रोचक भिडियो समेत प्रस्तुत गरिएको थियो ।

सम्मानित हुने सदस्यहरुमा सुमित्रा सार्की (जुत्ता चप्पल विक्रि वितरण), चम्पादेबी ढुंगेल (नाम्लोडोरी विक्रि बितरण), पवनी देबी शाहा, (फलफूलविक्रि बितरण), सुकुमाया माझी (होटल ब्यवसाय) र चण्डिका मगर (होटल ब्यवसाय) लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष केशव प्रसाद ढकालले `समान अधिकार महिला सशक्तिकरण´ विषयमा आफ्नो प्रस्तुतिकरण राखेका थिए।

अभिलेख

लोकप्रिय